Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाधिवेशनबारे सहमति नभए विशेष महाधिवेशनमा जानु उपयुक्त हुन्छ: कोइराला

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १८, २०८२
महाधिवेशनबारे सहमति नभए विशेष महाधिवेशनमा जानु उपयुक्त हुन्छ:  कोइराला
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको नियमित महाधिवेशन मितिबारे सहमति नजुटे विशेष महाधिवेशनमै जानु उपयुक्त हुने बताएका छन्।

सोमबार बिहान बिशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा नेताहरूसँग भेट्दै उनले तत्कालै नियमित महाधिवेशन हुने सम्भावना टर्दै गएको बताए। उनका अनुसार, नियमित महाधिवेशनको विषयमा सहमति नभए वैधानिक रूपमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ।

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरी बुझाएका नेताहरूले सोमबार कोइरालालाई भेटेर त्यसको समर्थन गर्न दबाब दिएका थिए। भेटमा गुरुराज घिमिरे, देवराज चालिसे, मनोजमणि आचार्यलगायतका एक दर्जन नेता उपस्थित थिए।

भेटपछि नेता मनोजमणि आचार्यले जानकारी दिँदै भने, “हामीले कोइरालाजीलाई विशेष महाधिवेशनको पक्षमा उभिन आग्रह गरेका थियौं। उहाँले नियमित महाधिवेशन गराउने प्रयास भइरहेको बताउनुभयो, तर त्यो सम्भव नभएपछि विशेष महाधिवेशन नै बाध्यकारी हुने बताउनुभयो।”

कोइरालाले भने, “केन्द्रीय कार्यसमितिमा निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने दुई प्रस्ताव छन्। म ती दुवैलाई एउटै धारमा ल्याउने प्रयासमा छु। तर, विशेष महाधिवेशनको निवेदन दर्ता भइसकेकाले त्यो बाध्यकारी पनि हुन सक्छ। मलाई पनि अब विशेष महाधिवेशन हुने संकेत देखिँदैछ।”

यसअघि, पार्टीमा नियमित महाधिवेशन निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा संस्थापन र इतरपक्षबीच विवाद चलिरहेको छ। सहमति खोज्ने प्रयास जारी भए पनि सोमबार अपरान्हसम्म निष्कर्ष ननिस्केको हो।

शुक्रबारदेखि स्थगित गरिएको केन्द्रीय कार्यसमिति बैठकलाई शीर्ष नेताहरू सम्मिलित कार्यसम्पादन समितिको बैठकले सहमतिको प्रयासका रूपमा अघि बढाएको छ।

ललितपुरको धोबीघाटमा चलिरहेको उक्त बैठकमा साझा कार्यतालिका तय गर्न नेताहरूबीच ‘वान टु वान’ छलफल भइरहेको छ।

संस्थापन पक्षले फागुन २१ को निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडान लिएको छ भने इतरपक्षका नेताहरूले निर्वाचनअघि नै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरिरहेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। सो प्रस्तावलाई काउन्टर दिँदै संस्थापन पक्षले वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका तयार गरेको छ।

थापाले आफ्नो प्रस्ताव प्रस्तुत गर्न नपाएमा केन्द्रीय कार्यसमिति बैठकमै अभागी हुने चेतावनी दिँदै आएका छन्। गत बिहीबारको बैठकमा समय नपाएपछि उनी बैठकमै उपस्थित भएका थिएनन्।

यसबीच, धोबीघाटमा कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला बानेश्वरस्थित आनन्दभूमिमा भइरहेको छ।

भेलामा अधिकांश सदस्यहरूले फागुन २१ को निर्वाचन अघि नियमित महाधिवेशन सम्भव छैन भन्ने मत राख्दै केन्द्रीय कार्यसमितिलाई बन्धक नबनाउन दबाब दिएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
फ्ल्यास हेडिङ

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै
फ्ल्यास हेडिङ

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए
फ्ल्यास हेडिङ

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व