Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन झन्डै ७ हजार पर्यटक भित्रिए

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक ८, शनिबार १५:२२
पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन झन्डै ७ हजार पर्यटक भित्रिए

तस्वीर: रासस

0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन ६ हजार ८५९ जना पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको ९बेनी–जोमसोम० सडक मार्ग हुँदै झन्डै ७ हजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

तिहारलगत्तै शुक्रवार बेनी–जोमसोम सडक मार्गमा यात्रुवाहक गाडीको लस्करले राष्ट्रिय राजमार्ग पूरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन उल्लेख्य बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुस्ताङमा एकैदिन ६ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । शुक्रवार एकैदिन २ हजार १६८ यात्रुवाहक गाडी म्याग्दी हुँदै मुस्ताङ भित्रिएका लामाले उल्लेख गर्नुभयो ।

यसैगरी कात्तिकको एक हप्तामा बेनी–जोमसोम सडक मार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाहय पर्यटक मुस्ताङ भित्रिएका छन् । कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र ३ हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायब उपरीक्षक लामाले बताउनुभयो । कात्तिकको पहिलो हप्तासम्म बेनी–जोमसोम सडक मार्ग हुँदै ६ हजार ७३६ गाडी मुस्ताङ भित्रिएका उहाँको भनाइ छ ।

चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म १ लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए । आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । मुक्तिनाथमा आज बिहानैदेखि दर्शनार्थीको सङ्ख्याले परिसर पूरै खचाखच भरिएको कोषाध्यक्ष गुरुङको भनाइ छ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको उहाँले जनाउनुभयो ।

हिउँदयाम शुरू भइसकेकाले चिसोसमेत बढेकाले हाई–अल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाई–अल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शन कार्यमा सहजीकरण गरिएको कोषाध्यक्ष गुरुङले बताउनुभयो । वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिरको चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षाका लागि कुनै समस्या नहुने उहाँले सुनाउनुभयो ।

तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जनाएको छ । सयौं गाडी एकैसाथ बेनी–जोमसोम सडक मार्गमा ुफ्लोु हुँदा ट्राफिक जामसमेत भएको थियो । मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म झन्डै ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रवार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएका बताउनुभयो । चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रूपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ ।

विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपालीका कारण मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या बढेको अध्यक्ष लालचनले बताउनुभयो । विशेषगरी दशैँ, तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक मार्ग सहज हुँदै जान थालेपछि मुस्ताङको पर्यटन व्यवसायमा नयाँ उभार आउन थालेको हो । पर्यटकीय याममा यहाँ सञ्चालनमा रहेका होटलले पर्यटक थेग्न नसक्ने अवस्था रहेको छ । प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटक होटल बुकिङ गरेर मात्रै आउन अनुरोध गरेको छ । उज्यालो अनलाईन

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८२ कार्तिक ८, शनिबार १५:२२
श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा
जीवनशैली

श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा

२०८२ कार्तिक ८, शनिबार १५:२२
वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न
जीवनशैली

वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न

२०८२ कार्तिक ८, शनिबार १५:२२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

२०८२ कार्तिक ८, शनिबार १५:२२
आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

२०८२ कार्तिक ८, शनिबार १५:२२
काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

२०८२ कार्तिक ८, शनिबार १५:२२
सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८२ कार्तिक ८, शनिबार १५:२२
ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

२०८२ कार्तिक ८, शनिबार १५:२२
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक ८, शनिबार १५:२२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व