Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल विद्युत प्राधिकरणले २० अर्बको ऊर्जा ऋणपत्र जारी गर्ने तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २६, २०८२
नेपाल विद्युत प्राधिकरणले २० अर्बको ऊर्जा ऋणपत्र जारी गर्ने तयारी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल विद्युत प्राधिकरण (नेपाल विद्युत् प्रा.) ले चार वटा ठूला जलविद्युत् आयोजनामा लगानी जुटाउनका लागि ऊर्जा ऋणपत्र (Energy Bond) जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ। अस्ति बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेपछि प्राधिकरणले प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार अब ऊर्जा ऋणपत्र जारी गर्ने प्रक्रिया तत्कालै सुरु हुनेछ। उहाँले भन्नुभयो, “बन्ड जारी गरेरै अपर अरुण जलविद्युत् आयोजना निर्माण भइरहेको छ र यही मोडेलबाट अरू आयोजना पनि अघि बढाइनेछ।” प्राधिकरणका अनुसार हाल ११ सय मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना र १०० मेगावाट क्षमताको तामाकोशी–५ आयोजनामा ऊर्जा ऋणपत्रमार्फत लगानी जुटाउने तयारी छ। त्यसैगरी, २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना र ४२ मेगावाटको मोदी जलविद्युत् आयोजनाका लागि पनि यही प्रक्रिया अपनाइनेछ।

कार्यकारी निर्देशक सिलवालले ऊर्जा ऋणपत्र जारी गर्दा अहिलेका लागि दातृ निकायहरूलाई समावेश नगरी बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव माग गरेर लगानी जुटाइने जानकारी दिनुभयो। उहाँका अनुसार, आवश्यकताका आधारमा ऊर्जा ऋणपत्र निष्कासन गर्ने कार्य अघि बढाइनेछ। नेपाल विद्युत् प्राधिकरणले हाल जलविद्युत् उत्पादन विस्तार, प्रसारण पूर्वाधार सुदृढीकरण र ऊर्जा आत्मनिर्भरता लक्ष्यका साथ ठूला आयोजनाहरूलाई प्राथमिकतामा राख्दै आएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व