Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आन्दोलनकारीको अवरोधले सिंहदरबारमा दमकल पुग्न ढिलाइ, महानगरको टिम रातभर उद्धारमा खटिएको बालेनको स्पष्टीकरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २२, २०८२
काठमाडौं महानगरको बजेट प्रक्रिया अघि बढ्ने, कार्यपालिका बैठक शुक्रबार
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हालै भएको आगलागीका घटनाहरू, विशेषगरी सिंहदरबारमा भएको आगलागीका विषयमा उठेका प्रश्नहरूको सामाजिक सञ्जालमार्फत जवाफ दिनुभएको छ। उहाँले आन्दोलनकारीको अवरोधका कारण दमकल समयमै सिंहदरबार पुग्न नसकेको स्पष्ट पार्दै महानगरको सम्पूर्ण टिम विषम परिस्थितिमा पनि उद्धार र व्यवस्थापनमा खटिएको दाबी गर्नुभएको छ।

बालेन शाहले आफ्नो पोस्टमा “सिंहदरबार जलाउने नै बालेन शाह हो!” र “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” जस्ता प्रश्न र आरोपहरूको खण्डन गर्दै यो स्पष्टीकरण दिनु आवश्यक नभए पनि अफवाह फैलाउनेहरूलाई सम्बोधन गर्न लेखिएको बताउनुभएको छ।

प्रमुख शाहले भदौ २४ गतेको स्थितिलाई सम्झँदै उक्त दिन “राज्य” नै ठप्प रहेको र पूर्ण अराजक स्थिति सिर्जना भएको बताउनुभएको छ। उहाँका अनुसार सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म आगलागी भइरहेको थियो। सुरक्षा संयन्त्र र प्रहरी चौकी समेत जोगाउन नसकेको त्यो अवस्थामा महानगरको टिम भने आफ्नो दायित्वबाट पछि नहटेको उहाँको भनाइ छ।

उहाँले महानगरको टिम आगो निभाउन, घाइतेको उपचार, खाना, औषधि, रगत व्यवस्थापन, लास व्यवस्थापन, तथ्याङ्क सङ्कलन र सरोकारवाला निकायहरूसँगको समन्वयमा दिनरात खटिएको जानकारी दिनुभयो।

सिंहदरबारमा दमकल ढिला पुगेको आरोपको जवाफमा मेयर शाहले आन्दोलनकारीको अवरोधका कारण दमकल जान नसकेको प्रस्ट पार्नुभएको छ। उहाँले लेख्नुभएको छ, “सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन।”

उहाँले सिंहदरबारभित्रै रहेको नेपाली सेनाको दमकल ले समेत भीडले काम गर्न नदिएका कारण निभाउने प्रयास गर्न नसकेको उल्लेख गर्नुभएको छ। भीड अलिक शान्त हुनेबित्तिकै भदौ २४ गते राति ८:१५ बजेभित्रै काठमाडौँ महानगरको दमकल सिंहदरबार पुगेको उहाँले तथ्याङ्कसहित जानकारी दिनुभयो।

मेयर शाहले महानगरसँग ५ वटा दमकल (न्युरोडमा २, बालाजुमा २ र रामहिटीमा १) रहेको र ४४ जनाको जनशक्ति (१४ नगर प्रहरी र ३० सशस्त्र प्रहरी)ले ३ सिफ्टमा काम गरेको जानकारी दिनुभयो। उहाँले भदौ २३ गतेदेखि २८ गतेसम्म दमकल खटिएका स्थानहरूको लामो सूची प्रस्तुत गर्नुभयो।

२३ गते: संसद भवन अगाडी आगो लागेको एम्बुलेन्स, सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाएको।

२४ गते: राति ८ बजेदेखि १ बजेसम्म विशाल बजार जनसेवा प्रहरी वृत्त, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक बानेश्वर, नयाँ बसपार्कमा आगो निभाएको।

सिंहदरबारमा: २४ गते राति ८:१५ देखि ९:४५ सम्म, राति १:४५ देखि ३:०० बजेसम्म, २६ गते दिउँसो ३:३० देखि ६:५० सम्म र सोही दिन साँझ ५ बजेदेखि ६ बजेसम्म गरी पटकपटक आगो नियन्त्रणमा लिएको।

अन्य स्थानहरू: २५ गते संसद भवन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सर्वोच्च अदालत परिसर (जहाँ महत्वपूर्ण कागजपत्र बचाएको प्रमाण सुरक्षित रहेको दाबी), ट्राफिक प्रहरी कार्यालय, जिल्ला अदालत, भाटभटेनी (चुच्चेपाटी, नक्साल, कोटेश्वर, बालुवाटार), जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, हिलटन होटल लगायत ५५ भन्दा बढी स्थानमा दमकल पुगेको तथ्याङ्क उहाँले दिनुभएको छ।

उहाँले आगलागीको घटनापछि घाइतेको उपचार र लास व्यवस्थापनमा महानगरले निभाएको भूमिकाको पनि चर्चा गर्नुभयो। सङ्घीय सरकारले घोषणा गर्नुअघि नै महानगरभित्रका सम्पूर्ण अस्पताललाई निशुल्क उपचार का लागि समन्वय गरेको, आवश्यक औषधि, स्वास्थ्यकर्मी, रगत व्यवस्थापन गरेको र बिरामी तथा कुरुवाहरूका लागि निशुल्क खाना/खाजा व्यवस्थापन गरेको बताउनुभएको छ।

अभिभावक नभएका बिरामीहरूको उपचारमा महानगरको टिमले अभिभावकको जिम्मेवारी लिएको र अपरेशनको Informed Consent Form मा समेत नगर प्रहरीले हस्ताक्षर गरेको उहाँले उल्लेख गर्नुभएको छ। साथै, शहिदहरूको लास व्यवस्थापनका लागि परिवारको खानपिन, बस्ने व्यवस्था र नेपाली सेनासँगको सहकार्यमा लासलाई घरसम्म पुर्याउने व्यवस्था समेत महानगरले मिलाएको जानकारी दिनुभएको छ।

मेयर शाहले बिना तथ्य र डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरू सँग सचेत रहन जनतालाई आग्रह गर्नुभएको छ। उहाँले मिडियाका मित्रहरूलाई सत्य तथ्य खोजेर मात्र समाचार लेख्न र अफवाह नफैलाउन विशेष अनुरोध गर्नुभएको छ।

उहाँले जनतासँगको भरोसा, जिम्मेवारी र आपत्कालीन व्यवस्थापनका लागि महानगरको टिम सधैं खटिरहने प्रतिबद्धता व्यक्त गर्दै ‘जनताले सही जानकारी पाउने अधिकार राख्छन्’ भन्ने कुरामा जोड दिनुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व