काठमाण्डाै – गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये ३० जनाले अझै अस्पतालमा उपचार गराइरहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरण अनुसार सिभिल अस्पतालमा १, राष्ट्रिय ट्रमा सेन्टरमा १०, काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा ५, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३, नेपाल प्रहरी अस्पतालमा १ र कीर्तिपुर अस्पतालमा १ जना उपचाररत छन् ।
यसैगरी बी एन्ड बी अस्पतालमा ३, विराट मेडिकल शिक्षण अस्पतालमा १, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ गरी ३० जना उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या २ हजार ३ सय १६ रहेको छ, यसमध्ये उपचारपछि २ हजार २ सय ३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।










Discussion about this post