Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमाले नेताहरूलाई राष्ट्रपतिले भने, ‘चुनाव अब निर्विकल्प’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ११, २०८२
एमाले नेताहरूलाई राष्ट्रपतिले भने, ‘चुनाव अब निर्विकल्प’
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर  ः राष्ट्रपति रामचन्द्र पौडेलले आफूले कठिन राजनीतिक परिस्थितिलाई सम्हालेर चुनावमा जाने ढोका खोलेको भन्दै एमाले नेताहरूलाई यस अवसरलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न सुझाव दिएका छन्।

जेन–जी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको बेला बिहीबार शीतल निवासमा एमालेका शीर्ष नेताहरूसँग करिब दुई घण्टा उनले भेटघाट गरे। त्यसमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक दलहरूको भूमिकालाई अझ सबल बनाउन आग्रह गरेका हुन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायत नेताहरूले राष्ट्रपति निवास पुगेका थिए। उनीहरूले आन्दोलनपछिको राजनीतिक परिस्थिति, अन्तरिम सरकारको भूमिका र आगामी कोर्सबारे विस्तृत धारणा राखे । दलहरूलाई बेवास्ता गरेर सरकार अघि बढ्ने आशंका बढेको भन्दै उनीहरूले संवैधानिक सीमा भित्रैबाट राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सुझाव दिए।

‘संविधान र लोकतान्त्रिक गणतन्त्र यथावत् छन्। यस्तो अवस्थामा बनेको सरकारले ती आधारभूत मूल्यहरूलाई कमजोर पार्ने गरी अघि बढ्नु हुँदैन,’ स्रोतका अनुसार, उनीहरूले बताएका थिए, ‘राजनीतिक दलहरूको भूमिकालाई कमजोर बनाउने प्रयास भयो भने त्यो लोकतन्त्रका लागि घातक हुनेछ।’

एमाले नेताहरूले अन्तरिम सरकारले निर्वाचन मिति घोषणा गरे पनि संवाद, समन्वय र विश्वास निर्माणमा ध्यान नदिएको गुनासो राष्ट्रपतिसमक्ष राखेका थिए। उनीहरूका अनुसार चुनाव सफल पार्न राजनीतिक दलहरूको सहमति र सक्रियता अपरिहार्य छ, तर सरकार त्यस दिशामा अघि बढ्ने संकेत देखिँदैन।

राष्ट्रपतिले राजनीतिक दलहरूको कमजोरीका कारण अहिलेको परिस्थिति सिर्जना भएको उल्लेख गर्दै दलहरूलाई बेवास्ता गरेर लोकतन्त्र अघि बढाउन नसकिने सन्देश दिए। उनले घोषित मितिमा चुनाव गराउन एमालेको सहयोग अपरिहार्य हुने भन्दै दलहरूलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न आग्रह गरे। एमाले नेताहरूले संविधान र लोकतन्त्र जोगाउन राष्ट्रपति पौडेलले संकटको बेला खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिएका छन्। अन्नपूर्ण

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व