महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुक विधार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । शनिवार होटल ओपेरामा एक भव्य कार्यक्रमको आयोजना गरी नव आगन्तुक विधार्थीहरुलाई स्वागत गरेको हो ।
उक्त कार्यक्रमको सभाध्यक्षमा कक्षा १२ मा अध्ययनरत छात्रा विद्या दयाल रहनु भएको थियो भने, प्रमुख अतिथीमा विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्ट, विशिष्ट अतिथीमा विद्यालयका संस्थापक अध्यक्ष हर्क बहादुधामी रहनु भएको थियो भने, अतिथीमा विद्यालयका शिक्षकहरु रहनु भएको थियो ।
विद्यालयमा कक्षा ११ मा अध्ययनरत १ सय जना र कक्षा १२ मा अध्ययनरत ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने केही विद्यार्थीहरुले आफनो भनाईहरु उक्त कार्यक्रममा राखेका थिए ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रिन्सिपल भट्टले जिल्लामा महाकाली मोडर्न पब्लिक स्कुल अन्य स्कुल भन्दा विभिन्न विषयमा फरक रहेको बताउनु भयो । अन्य विद्यालय भन्दा किन फरक रहेको छ भन्दा आफनो विद्यालय महाकाली मोडर्न पब्लिक स्कुलले “संस्कार सहितको शिपयुक्त शिक्षा” प्रदान गर्ने एकमात्रै विद्यालय रहेको बताउनु भयो । साथै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि आफना दक्ष शिक्षकहरु रातदिन मिहिनेत गरेर काम गरीरहेको बताउनु भयो ।
यो २ वर्ष कडा मिहिनेत गरेर अध्ययन गरेर आफनो भविष्यलाई उज्यालो तर्फ लैजानका लागि आफनो पढाईमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।
यो विद्यालयमा पठनपाठन मात्रै नभएर अन्य अतिरिक्त क्रियाकलाप, सिपयुक्त शिक्षाका लागि हरेक शुक्रवार विद्यालयमा पुस्तक विना विभिन्न कार्यक्रमहरुमा सहभागि गराने, फिल्ड भिजिट गर्ने लगायतका क्रियाकलापहरु पनि संचालन गरीरहेको बताउनु भयो ।
विद्यालयमा छदा मात्रै नभएर विद्यालय भन्दा बाहिर गएर पनि सकारात्मक सम्बन्ध लाई कसरी अगाडी बढाउने भन्ने विषय पनि महत्वपुर्ण रहेको बताउँदै यहाँको शिक्षाले आफना विद्यार्थीहरुलाई देशका प्रतिष्ठित पदमा रहेको आफुले देख्न चाहेको बताउनु भयो ।
कक्षा १२ का विद्यार्थीहरु अभिभावकको रुपमा रहनु पर्ने र कक्षा ११ का विद्यार्थीहरुलाई उनिहरुले आफनो भाईबहिनीलाई जसरी मार्ग निर्देशन गरिन्छ त्यसरी नै मार्गनिर्देशन गर्नुपर्ने बताउनु भयो ।
यसैगरी, विद्यालयका अध्यक्ष हर्कबहादुर धामीले यो उमेरमा जस्ले मिहिनेत गरेर अध्ययन गय्रो उसैले आफनो भविष्यलाइृ उज्ववल बनाउन सक्ने बताउनु भयो ।
विद्यार्थीहरुले महाकाली मोडर्न विद्यालय अन्य विद्यालय भन्दा फरक रहेको प्रिन्सिपल दिजराज भट्टले अभिभावकको भुमिकामा रहेर सदैव आफुहरुलाइृ उत्प्रेरणा प्रदान गरीरहेको बताए ।
विद्यालयले अहिले गायन र नृत्यका कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि, शिक्षकहरुका लागि तालिम सञ्चालन, उत्कृष्ट शिक्षकलाई हरेक महिनाको अन्त्यमा पुरस्कार र विद्यार्थीहरुलाई हरेक महिना गराउँदै आएको फिल्ड भिजिट गराइरहेको छ ।










Discussion about this post