Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूर्वानुमान र बाढी बुलेटिनअनुसार दोधारा चाँदनीमा बाढीबाट हुने प्रभावितलाई कम्बल र झुल वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १८, २०८२
पूर्वानुमान र बाढी बुलेटिनअनुसार दोधारा चाँदनीमा बाढीबाट हुने प्रभावितलाई कम्बल र झुल वितरण

{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीबाट हुने प्रभावित घरपरिवारलाई गैर खाद्य सामग्री प्रदान गरिएको छ।

दोधारा चाँदनी नगरपालिकाले पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी कार्यविधि सक्रिय गरेको र जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महासाखाले जारी गरेको पूर्वानुमान र बाढी विशेष बुलेटिन अनुसार अझै पनि पानी पर्ने सम्भावना रहेको साथै महाकाली र जोगबुडा नदीमा बाढीको उच्च जोखिम रहेको हुँदा प्रभावित परिवारहरूले केही दिनसम्म सुरक्षित आश्रयस्थलमा बस्नुपर्ने भएकाले उनीहरूलाई कम्बल र झुललगायत गैर खाद्य सामग्री वितरण गरिएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएले दोधारा चाँदनी नगरपालिकासँगको समन्वयमा बाढीबाट प्रभावित भई जनज्योती माध्यमिक विद्यालयमा बसेका वडा नम्बर ७ रामपुरे टापु र वडा नम्बर ८ जर्काटोलका बाढी प्रभावित र अम्बिका माध्यमिक विद्यालयमा बसेका वडा नम्बर १० शान्ति टोलका बाढी प्रभावित परिवारहरूलाई कम्बल र झुललगायत गैर खाद्य सामग्री वितरण गरेका हो। यसअघि सम्पन्न स्थानीय विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकले सरोकारवालाहरूसँगको सहकार्यमा सुरक्षित आश्रयस्थलहरू व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

सोही आधारमा, एनएनएसडब्ल्यूए र डीसीएको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले मनसुन सुरू भएलगत्तै अनुबन्ध करार सम्झौतामार्फत जोखिममा रहेका बस्तीहरूमा सामूहिक नगद सहायता वितरण गरिसकेको छ। उक्त सहयोगले सुरक्षित आश्रयस्थलहरू व्यवस्थापन गर्न र प्रभावित परिवारहरूको खानाको व्यवस्थापनमा सहजता भएको सामुदायिक विपद् व्यवस्थापन समितिहरूको भनाई रहोको छ।

गत तीन दिन देखि परेको अविरल वर्षापछि आएको बाढीबाट दोधारा चाँदनी नगरपालिकाका १५७ घर परिवार विस्तापित भएका थिए। तिमध्ये केही विद्यालयमा र केही आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने केही आफ्नो घरमा फर्किएका छन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले दोधारा चाँदनी नगरपालिका प्रत्येक वर्ष बाढीबाट प्रभावित हुँदै आएको बताउनुभयो। अहिले पनि धेरै परिवारहरू विद्यालयमा आश्रय लिएर बस्न बाध्य भएको उल्लेख गर्दै उहाँले प्रभावित परिवारलाई राति सुत्नका लागि आवश्यक कम्बल र झुलको अभाव रहेकाले नगरपालिकाको समन्वयमा तत्काल सामग्री वितरण गरिएको जानकारी दिनुभयो। उहाँले बाढीपछिको अवस्थाले विभिन्न रोगको जोखिम बढाउन सक्ने भएकाले सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै गैर खाद्य सामग्री उपलब्ध गराइएको स्पष्ट पार्नुभयो। स्वच्छता पनि उतिकै महत्वपूर्ण भएको भन्दै उहाँले प्रभावितहरूका लागि हाईजनिक किटको व्यवस्थापन गर्न पहल गर्ने बताउनुभयो।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बाढी प्रभावित परिवारहरूको तात्कालिन आवश्यकता पूरा गर्न गैर खाद्य सामग्री वितरण गरिएको बताउनुभयो। उहाँले हरेक वर्ष बाढीका कारण स्थानीयवासी प्रभावित हुने अवस्था दोहोरिरहेकाले नगरपालिका सतर्क रहँदै आएको बताउनुभयो। उहाँले विपद् व्यवस्थापन समितिको सक्रियता र सरोकारवालाको सहकार्यले सुरक्षित आश्रयस्थल व्यवस्थापनदेखि प्रभावित परिवारलाई आधारभूत आवश्यकता पूरा गर्न सहज भएको बताउनुभयो।सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण धेरै परिवार प्रभावित भएको बताउनुभयो। उहाँले प्रभावित परिवारहरूको सहायतामा स्थानीय सरकार र सरोकारवाला संस्थाहरूले अग्रसरता देखाउनुपर्नेमा जोड दिनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यक्रम संयोजक राज कुमार सुनारले विद्यालयमा आश्रय लिएका वृद्धवृद्धा र गर्भवती महिलासहितका प्रभावित परिवारलाई बस्न असहज भएको अवस्थालाई मध्येनजर गरि सुरक्षा, स्वास्थ्य र सहजताका लागि सामग्री वितरण गरिएको बताउनुभयो।

दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ ट्वालट्वाले सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका देवी मगरले धेरै परिवारहरू विद्यालयमा आश्रय लिएर बसेको र उनीहरूलाई राति सुत्न कम्बल र झुलको अभाव रहेको अवस्थामा एनएनएसडब्ल्यूए र डीसीएको सहयोगमा सामग्री वितरण गरिएकोले ठूलो राहत पुगेको बताउनुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण
देश/राष्ट्रिय

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक
देश/राष्ट्रिय

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
देश/राष्ट्रिय

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३
आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

सुनको भाउ लगातार घट्दै

असार १०, २०८३
अनलाइन टिभी पत्रकार सङ्घ सुदूरपश्चिमका महासचिव साउद सम्मानित

अनलाइन टिभी पत्रकार सङ्घ सुदूरपश्चिमका महासचिव साउद सम्मानित

असार १०, २०८३
११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

असार १०, २०८३
नीति, नियत र नियती !

नीति, नियत र नियती !

असार १०, २०८३
सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व