Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘सके सफा गरौँ, नसके फोहोर नगरौँ” अभियान: ईको पार्कमा सरसफाईसँगै संस्कारको आवश्यकता माथि जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १४, २०८२
‘सके सफा गरौँ, नसके फोहोर नगरौँ” अभियान: ईको पार्कमा सरसफाईसँगै संस्कारको आवश्यकता माथि जोड
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। भीमदत्त नगरपालिका–१८ मा अवस्थित ईको पार्क क्षेत्रमा सरसफाई अभियानसँगै फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू राखिएका छन्। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको सहकार्यमा पावर अफ यूथ कञ्चनपुर, उत्थानशील युवा सञ्जाल भीमदत्त र स्थानीयवासीहरूको सक्रिय सहभागितामा सरसफाई गरिएको हो।

सरसफाई अभियानमार्फत पार्कलाई सफा राख्ने र फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ डस्टबिनहरू स्थापना गरिएको हो।नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बजारको मुटुमा रहेको ईको पार्कको संरक्षण र संवर्द्धनका लागि निरन्तर वृक्षारोपण तथा सरसफाई कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँका अनुसार पार्क परिसरमा प्लास्टिकजन्य तथा अन्य फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू राखिएका छन्।

साथै, “ग्रीन सिटी, क्लीन सिटी” अभियानअन्तर्गत उत्थानशील युवा सञ्जाल र पावर अफ यूथले समेत सरसफाई कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो। पावर अफ यूथ कञ्चनपुरका अध्यक्ष प्रकृती भट्टले विगतदेखि सरसफाई अभियानसँगै मानवीय तथा रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँका अनुसार लामो समयदेखि निरन्तर सरसफाई अभियान चलाइँदा पनि विशेष परिवर्तन नदेखिएको अनुभव गरिएको छ। उहाँले सोच परिवर्तन नगरी व्यवहारिक सुधार सम्भव नहुने उल्लेख गर्दै अबदेखि फोहोर सफा गर्नुभन्दा पनि फोहोर उत्पन्न हुने स्रोतमै नियन्त्रण गर्ने पहल गरिने जानकारी दिनुभयो।

पावर अफ यूथ कञ्चनपुरका सदस्य हेमराज भट्टले “सके सफा गरौँ, नसके फोहोर नगरौँ” भन्ने नाराका साथ काम गर्दै आएको बताउनुभयो। उहाँले सरसफाई अभियान र फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन डस्टबीन स्थापना कार्यमा सहयोग गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएप्रति आभार व्यक्त गर्नुभयो।

साथै, उहाँले स्थानीयलाई जथाभावी फोहोर नफाल्न आग्रह समेत गर्नुभयो।भीमदत्त नगरपालिका–१८ का स्थानीय बासिन्दा माधव भट्टले घर–आँगन सफा राखेझैँ नगरलाई पनि सफा राख्न सबैले जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले फोहोर नफाल्ने संस्कार बसाल्न सके सरसफाई कार्यक्रमको आवश्यकता नै नपर्ने उल्लेख गर्नुभयो।

यस सरसफाई अभियानले समुदायमा फोहोर नफाल्ने संस्कार र जिम्मेवार वातावरणीय व्यवहारको महत्त्वलाई उजागर गरेको छ।

अभियानमा सहभागी संघसंस्था र स्थानीयवासीको सक्रियता, डस्टबिनको स्थापना, र सचेतनाले पार्कलाई सफा राख्ने मात्र नभई, भीमदत्त नगरलाई हरित र स्वच्छ राख्ने संस्कारको समेत प्रवर्द्धन गरेको छ।

यस प्रकारका पहलहरूले “सके सफा गरौँ, नसके फोहोर नगरौँ” नारासँगै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति
फ्ल्यास हेडिङ

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३
उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम
फ्ल्यास हेडिङ

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व