Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशन : चन्द वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १३, २०८२
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशन : चन्द वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनको दौडधूप तीव्र बन्दै गएको छ। जिल्लाभरिका निर्माण व्यवसायीहरूको ध्यान अहिले संघको नयाँ नेतृत्वमा केन्द्रित छ। यस अधिवेशनलाई संघको इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ, किनभने यो अधिवेशनले आगामी तीन वर्षका लागि मात्र नेतृत्व चयन गर्ने होइन, निर्माण व्यवसायीहरूको भविष्य दिशा निर्धारण गर्नेछ। यसपटक वरिष्ठ उपाध्यक्ष पदमा चर्चामा रहेका उम्मेदवार हुन् समाजसेवी र व्यवसायी देवबहादुर चन्द। लामो समयदेखि सामाजिक क्षेत्र र व्यवसायिक नेतृत्वमा सक्रिय रहँदै आएका चन्द अहिले संघको जिल्ला उपाध्यक्ष पदमा रहेर नेतृत्व क्षमता प्रदर्शन गरिसकेका छन्।

देवबहादुर चन्दको जीवन यात्रा र सामाजिक सक्रियता

देवबहादुर चन्दको जीवन यात्रा केवल एक निर्माण व्यवसायीको सीमित परिधिमा सीमित छैन। उहाँ बाल्यकालदेखि नै समाजसेवामा सक्रिय व्यक्तित्वका रूपमा चिनिँदै आएका छन्। चन्दले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि तथा सामुदायिक विकासका क्षेत्रमा नेतृत्व गरेका धेरै कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।

चन्दले चुरे संरक्षण संजाल नेपाल, सामुदायिक वन उपभोक्ता समिति, न्यू मिलेनियम युवा क्लब, सहकारी संस्था लगायत करिब एक दर्जनभन्दा बढी संघसंस्थामा अध्यक्ष पदमा रहेर नेतृत्व गरेको अनुभव बोकेका छन्। यसले उहाँलाई संगठन संचालन, समस्या समाधान र नीति निर्माणमा परिपक्व बनाएको छ। समाजमा मिलनसार र सरल स्वभावका कारण चन्द व्यवसायी समुदाय मात्र होइन, सर्वसाधारण जनतामाझ पनि लोकप्रिय छन्।

निर्माण व्यवसायमा प्रवेश र संघसँगको सम्बन्ध

चन्दको औपचारिक निर्माण व्यवसायीको यात्रा बेदकोट नगरपालिकाको अध्यक्ष भएर सुरु भएको हो। त्यहाँबाट उहाँले निर्माण व्यवसायीहरूको समस्याबारे प्रत्यक्ष अनुभव लिनुभयो। १३ औं अधिवेशनमा उहाँ जिल्ला कार्यसमिति सदस्य निर्वाचित भए। त्यसपछि १४ औं अधिवेशनमा लोकप्रिय मत ल्याउँदै उपाध्यक्ष बनेका चन्द अहिले आफ्नो सफल कार्यकालका आधारमा वरिष्ठ उपाध्यक्ष पदमा दाबी प्रस्तुत गर्नुभएको हो।

उपाध्यक्षका रूपमा रहँदा चन्दले संघलाई व्यावसायिक इमानदारीतर्फ केन्द्रित गर्ने, आयोजनामा समयमै गुणस्तरीय काम सम्पन्न गर्न प्रोत्साहित गर्ने, र सरकारी निकायसँग व्यवसायीहरूको हकहितका विषयमा बारम्बार छलफल गर्ने काम गर्नुभएको थियो। उहाँले जिल्लाभरका निर्माण व्यवसायीहरूको विश्वास जित्न सफल हुनुको प्रमुख कारण नै यही सक्रियता हो।

उम्मेदवारी दर्ता र प्रमुख एजेण्डा

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेपछि देवबहादुर चन्दले सार्वजनिक गरेको एजेण्डामा व्यवसायीहरूको हकहितलाई प्राथमिकता दिइएको छ। उहाँले तोकिएको समयमै आयोजना सम्पन्न गर्न प्रोत्साहन गर्ने, आयोजना कार्यान्वयनका क्रममा देखिने अवरोध हटाउन पहल गर्ने, निर्माण सामग्रीमा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने, क्षमता र योग्यताको अधिकतम उपयोग गर्ने, र आयोजनामा कानुनी स्पष्टता सुनिश्चित गर्ने प्रतिज्ञा गर्नुभएको छ।

चन्दले योजना कार्यान्वयनका क्रममा अवाञ्छित माग र बहानालाई निरुत्साहित गर्न प्रतिबद्धता जनाउनुभएको छ। उहाँले आयोजनाहरूलाई ‘नो डिस्टर्ब जोन’ घोषणा गर्न पहल गर्ने, गुणस्तरलाई प्राथमिकता दिने, र व्यवसायीहरूलाई सुरक्षाको ग्यारेन्टी गर्ने बाचा गर्नुभएको छ।

निरञ्जन प्रसाद भट्ट नेतृत्वको प्यानलबाट उम्मेदवार बन्नुभएको हो। यस प्यानललाई अहिले जिल्लाका निर्माण व्यवसायीबीच मजबुत विकल्पका रूपमा हेरिएको छ।

अध्यक्ष : निरञ्जन प्रसाद भट्ट

वरिष्ठ उपाध्यक्ष : देवबहादुर चन्द

उपाध्यक्ष : दिपक भट्ट

महासचिव : योगेन्द्र ठगुनाठी

सचिव : बृजकिशोर चन्द

कोषाध्यक्ष स् तेजबहादुर चन्द

सहसचिव : हेमबहादुर महरा

विगतका अधिवेशनहरूको अनुभव

निर्माण व्यवसायी संघ कञ्चनपुरले विगतमा धेरै उतारचढाव पार गर्दै आएको छ। संघले स्थापना कालदेखि नै जिल्लाभरका ठेकेदार र निर्माण व्यवसायीहरूको साझा मञ्चका रूपमा भूमिका निर्वाह गर्दै आएको छ। विगतका अधिवेशनहरूले नेतृत्वलाई मात्र होइन, संगठनको संरचना र दिशा निर्धारणमा पनि महत्वपूर्ण योगदान दिएका छन्।

१३ औं अधिवेशनले संगठनलाई जिल्ला स्तरमा मजबुत बनाउन सहयोग पुर्‍यायो भने १४ औं अधिवेशनले सदस्यहरूको एकता र व्यवसायीहरूको हकहित सुनिश्चित गर्न ठोस कदम चाल्यो। अहिले १५ औं अधिवेशनमा नयाँ पुस्ता र अनुभवी नेतृत्वबीच सहकार्यको अपेक्षा गरिएको छ।

संघले सामना गरिरहेका चुनौतीहरू

हाल निर्माण व्यवसायी संघ कञ्चनपुरले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ। निर्माण क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, अस्थिर नीति, प्रशासनिक जटिलता, आयोजनामा ढिलाइ, गुणस्तरीय काममा कमी, र ठेक्का प्रक्रियामा हुने अनियमितता प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

यसबाहेक, संघले आफ्ना सदस्य व्यवसायीहरूको सुरक्षाको ग्यारेन्टी गर्न सकिरहेको छैन भन्ने गुनासो पनि छ। धेरैजसो व्यवसायीहरूले समयमा भुक्तानी नपाउने, कर तथा प्राविधिक मापदण्डमा अस्पष्टता हुने, र सरकारी निकायसँग सहकार्य गर्न गाह्रो हुने समस्या राख्ने गरेका छन्। यी चुनौतीहरूको समाधानका लागि नयाँ नेतृत्वले ठोस रणनीति बनाउनुपर्ने आवश्यकता छ।

देवबहादुर चन्दप्रति व्यवसायीहरूको विश्वास

निर्माण व्यवसायीहरूबीच देवबहादुर चन्दलाई मिलनसार, इमानदार र परिणाममुखी व्यक्तित्वका रूपमा लिइन्छ। उहाँले विगतमा गरेका काम र प्रस्तुत गरेको एजेण्डा व्यवसायीहरूको अपेक्षासँग मेल खाने खालको छ। विशेषगरी, आयोजनामा गुणस्तर र समयसीमालाई प्राथमिकता दिने, व्यवसायीहरूको हकहित सुरक्षित गर्ने, र भ्रष्टाचार तथा अवाञ्छित मागलाई रोक्ने प्रतिबद्धताले उहाँलाई अग्रणी उम्मेदवारका रूपमा स्थापित गरेको छ।

अधिवेशनले दिने नयाँ दिशा

निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशनले केवल नयाँ कार्यसमिति चयन गर्ने मात्र होइन, जिल्लाको निर्माण व्यवसायलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। निरञ्जन प्रसाद भट्टसहितको नेतृत्व प्यानलले व्यवसायीहरूको समस्या समाधान गर्न सक्ने हो भने संघ अझ सशक्त, पारदर्शी र परिणाममुखी बन्नेछ।

अहिले व्यवसायीहरूबीच उत्सुकता छ के १५ औं अधिवेशनले व्यवसायीहरूको हकहित सुरक्षित गर्ने र गुणस्तरीय पूर्वाधार निर्माणतर्फ संघलाई अघि बढाउने नेतृत्व दिन सक्छरु यसको जवाफ अब आगामी निर्वाचन परिणामले दिनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

बैशाख १०, २०८३
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

बैशाख ६, २०८३
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

चैत्र २८, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व