Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त ११ मा तीजको रौनक, दुई दिन भव्य कार्यक्रम हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र ९, सोमबार १७:२०
कञ्चनपुरको भीमदत्त ११ मा तीजको रौनक, दुई दिन भव्य कार्यक्रम हुने
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज एवम् ऋषि पञ्चमीको पावन अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ।

यस वर्ष सोही वडामा रहेको श्री रामेश्वर मन्दिर भुजेलामा दुई दिनसम्म विशेष कार्यक्रम हुने भएको हो।गत वर्ष पनि वडा कार्यालयले यस क्षेत्रमा सफलतापूर्वक तीजको कार्यक्रम आयोजना गरेको थियो, जसमा स्थानीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यस वर्ष पनि उक्त परम्परालाई निरन्तरता दिँदै भीमदत्त नगरपालिका-११ को आयोजना तथा श्री रामेश्वर मन्दिर समिति भुजेलाको सहकार्यमा भदौ १० गते हरितालिका तीज र भदौ १२ गते ऋषि पञ्चमीको दिन विशेष कार्यक्रम हुने भएको छ।

कार्यक्रमबारे जानकारी दिँदै भीमदत्त नगरपालिका-११ का वडा अध्यक्ष प्रकाश थापाले तीज हिन्दु महिलाहरूको संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व भएको बताए। उनले भने, “यस पर्वले महिलाहरूलाई एकताबद्ध भई आफ्ना सुखदुःख साट्ने अवसर प्रदान गर्दछ। हाम्रो वडा कार्यालयले यस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेर परम्परालाई जोगाउनुका साथै महिला सशक्तीकरणमा समेत योगदान पुर्याउने लक्ष्य राखेको छ।”

यस वर्षको कार्यक्रममा सांस्कृतिक पर्वको रौनकका साथै सरसफाइलाई पनि विशेष प्राथमिकता दिइएको छ। कार्यक्रम हुनुअघि मन्दिर परिसर र त्यस वरपरको क्षेत्रमा सरसफाइ गरिएको छ। सरसफाइ कार्यक्रममा भुवनेश्वरी मावि गड्डाचौकी, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीले समेत सहयोग गरेको थियो।

अध्यक्ष थापाले गत वर्षको कार्यक्रमबाट उत्साहित भएर यस वर्ष पनि अझ भव्य र व्यवस्थित तरिकाले कार्यक्रमको तयारी भइरहेको बताए। उनले सम्पूर्ण दिदीबहिनीहरूलाई दुवै दिनका कार्यक्रममा सहभागी भई यस पर्वलाई थप उल्लासमय बनाइदिन आग्रह पनि गरेका छन्। साथै उहाँले महाकाली नदीमा स्नान आउने श्रद्धालु भक्तजनहरूको सुरक्षाका निम्ति सम्पूर्ण व्यवस्था मिलाइएको बताउनुभयो।

कार्यक्रमको मुख्य उद्देश्य धार्मिक र सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्नुका साथै वडाका महिलाहरूबीच सद्भाव र एकता बढाउनु रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईजीपी कार्कीलाई खुलापत्र
देश/राष्ट्रिय

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ भाद्र ९, सोमबार १७:२०
केही दिन ठूलो पानी नपर्ने
देश/राष्ट्रिय

देशभरको मौसम सफा

२०८२ भाद्र ९, सोमबार १७:२०
कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’
देश/राष्ट्रिय

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

२०८२ भाद्र ९, सोमबार १७:२०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ भाद्र ९, सोमबार १७:२०
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ भाद्र ९, सोमबार १७:२०
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ भाद्र ९, सोमबार १७:२०
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ भाद्र ९, सोमबार १७:२०
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ भाद्र ९, सोमबार १७:२०
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ भाद्र ९, सोमबार १७:२०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व