Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पस २५ औं वर्षमा प्रवेश

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ८, २०८२
सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पस २५ औं वर्षमा प्रवेश
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पस आफ्नो स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, भासीमा रहेको यस क्याम्पसले वि.सं. २०५८ सालमा स्थापना भएदेखि नै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

क्याम्पसका प्रमुख प्रकाश दत्त जोशीले दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले विशेष जोड दिएको बताउनुभयो। उहाँले क्याम्पसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिक र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अगाडि बढाएको जानकारी दिनुभयो।

जनज्योति बहुमुखी क्याम्पसले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको छ। गत वर्ष महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयलाई रु. २५,१२५ सहयोग गरेको थियो भने यस वर्ष क्याम्पसले रक्तदान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।

क्याम्पसले विद्यार्थीलाई नियमित शैक्षिक भ्रमण, अतिरिक्त क्रियाकलाप र खेलकुद सप्ताहमा सहभागी गराएर उनीहरूलाई पढाइका साथै अन्य क्षेत्रमा पनि सक्रिय बनाउँदै आएको छ।

जनज्योति एजुकेसनल फाउन्डेसनद्वारा सञ्चालित जनज्योति बहुमुखी क्याम्पस र जनज्योति माध्यमिक विद्यालयमा हाल २,९०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। क्याम्पसमा १०० भन्दा बढी प्राध्यापक, शिक्षक तथा कर्मचारी कार्यरत छन्।

क्याम्पसले स्नातक तहमा बिसिए, बीबीएस, बिएड, बिएसडब्लु र बिएका साथै स्नातकोत्तर तहमा एमबिएस, एमए र एमएडको पढाइ सञ्चालन गरिरहेको छ। यस्तै, जनज्योति माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा र कानुन विषयको पढाइ हुने गरेको छ।

क्याम्पसले आफ्नो भौतिक पूर्वाधारमा पनि सुधार गर्नुका साथै नयाँ व्यवस्थापनका साथ स्नातक तहका विभिन्न संकायमा भर्ना आह्वान गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’
देश/राष्ट्रिय

वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

साउन १८, २०८३
छोरीको जन्मदिन अनाथ बालबालिकासँग
देश/राष्ट्रिय

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

साउन १९, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनचाँदीको मूल्य सामान्य घट्यो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

साउन १९, २०८३
वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व