कञ्चनपुर – पिङ्की बोहराको नयाँ गीत ‘हतार नगर, कहाँ पुग्नु छ र ?’ सार्वजनिक भएको छ। गीत लिरिकल भिडियोसहित गायिका बोहराको आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएको छ।
यो गीतमा उज्जवल सागर र पिङ्की बोहराको सुमधुर स्वर रहेको छ। गीतका शब्दहरू पिङ्की बोहराले नै लेखेकी हुन्।
संगीतमा आकाश राजवंशीले गितार बजाएका छन् भने मीलन गझमैरले बाँसुरी बजाएर गीतलाई अझ आकर्षक बनाएका छन्। गीतको एरेन्ज, मिक्स र मास्टरको काम नियोन रिकर्डस्ले गरेको हो।










Discussion about this post