रबि भट्ट, कञ्चनपुर – वर्ल्डलिङ्क कम्युनिकेसन्सले कोड फर चेन्ज सुदूरपश्चिमका विद्यार्थीलाई विशेष छुट दिने भएको छ। यसका लागि बिहीबार दुई संस्थाबीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार कोड फर चेन्ज सुदूरपश्चिमका विद्यार्थीहरूले वर्ल्डलिङ्कमा तीन महिनाको निःशुल्क इन्टर्नशिप गर्न पाउनेछन्। यसका साथै, उनीहरूले आफ्नो विद्यार्थी परिचयपत्र (आईडी कार्ड) देखाएर वर्ल्डलिङ्कको इन्टरनेट प्याकेज लिँदा ५% देखि १५% सम्मको विशेष छुट पाउनेछन्।
उक्त समझदारी पत्रमा कोड फर चेन्ज सुदूरपश्चिमको आवाज परियोजनाका नेतृत्व प्रदिप दत्त ओझा र वर्ल्डलिङ्कका सेल्स सुपरभाइजर सागर थापाले हस्ताक्षर गरेका छन्। यस सम्झौताले सुदूरपश्चिमका विद्यार्थीहरूलाई इन्टरनेट सेवामा पहुँच पुर्याउनुका साथै उनीहरूको प्राविधिक सीप विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post