Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको नतिजामा उल्लेख्य सुधार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ५, २०८२
वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको नतिजामा उल्लेख्य सुधार
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कुनै समय शैक्षिक गुणस्तरमा निकै पछाडि परेका वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयले पछिल्ला तीन वर्षमा शैक्षिक नतिजामा ऐतिहासिक सुधार गरेका छन्। विगत चार वर्षअघि कक्षा १२ को नतिजा पाँच प्रतिशत मात्र रहेकोमा अहिले बढेर ५१ प्रतिशत पुगेको छ ।

वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक अवस्था २०७८ सालमा अत्यन्तै कमजोर थियो। त्यतिबेला कक्षा १२ को परीक्षामा सहभागी ५०९ जना विद्यार्थीमध्ये २८ जना मात्रै ‘सी’ ग्रेडमा उत्तीर्ण भएका थिए। त्यस वर्ष तीनवटा विद्यालयको नतिजा त शून्य नै रहेका थिए। उक्त निराशाजनक अवस्थालाई सुधार गर्न नगरपालिकाले २०७९ सालदेखि विशेष अभियान चलाएको थियो।

नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि चालेका कदमहरूले हरेक वर्ष सकारात्मक नतिजा देखाएको छ। नगरप्रमुख भोजराज बोहराका अनुसार, २०७९ सालमा उत्तीर्ण दर १० प्रतिशत पुगेको थियो। यो सफलतालाई निरन्तरता दिँदै २०८० सालमा ३५० जना विद्यार्थीमध्ये १०३ जना अर्थात् २९.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भए।

पछिल्लो परीक्षा, २०८१ सालमा, यो सुधारले नयाँ उचाइ लियो। ४२१ जना विद्यार्थीमध्ये २१५ जना अर्थात् ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। उत्तीर्ण हुने विद्यार्थीमध्ये १७ जनाले ‘ए’ ग्रेड ल्याएका छन् भने ५९ जनाले ‘बी’ ग्रेड, ११६ जनाले ‘बी प्लस’ र २० जनाले ‘सी’ ग्रेड ल्याएका छन्।

नगर प्रमुख बोहराले यो सफलताका पछाडि नगरपालिकाको निरन्तरको प्रयास रहेको बताए। ‘हामीले तीन वर्षमा धेरै मेहनत गर्‍यौं। हाम्रो प्रयासपछि अहिले गुणस्तरमा उल्लेख्य सुधार भएको छ,’ नगरप्रमुख बोहराले भने। उनले २०७९ सालदेखि कक्षा १० र १२ का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिए।

नगरपालिकाको यो सफल प्रयासले सामुदायिक विद्यालयको शैक्षिक भविष्य उज्ज्वल बनाउन सकिने सन्देश दिएको छ। पाँच प्रतिशतबाट ५१ प्रतिशतसम्मको यो यात्राले सही नीति र निरन्तरको लगन भए असम्भव केही छैन भन्ने प्रमाणित गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’
देश/राष्ट्रिय

वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

साउन १८, २०८३
छोरीको जन्मदिन अनाथ बालबालिकासँग
देश/राष्ट्रिय

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

साउन १९, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनचाँदीको मूल्य सामान्य घट्यो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

साउन १९, २०८३
वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व