कैलाली – अनलाइन टिभी पत्रकार सङ्घ कैलालीको प्रथम अधिवेशन सुरु भएको छ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन भएको हो।
कार्यक्रमको अध्यक्षता सङ्घका कैलाली जिल्ला संयोजक दिपक रावलले गरेका छन्। अधिवेशनमा सङ्घका केन्द्रीय सदस्य बीरेन्द्र धामी, सुदूरपश्चिम प्रदेश अध्यक्ष भक्त राज जोशी, वरिष्ठ उपाध्यक्ष अंकित उप्रेती, महासचिव टीकाराम साउद, सचिव माधव पौडेल, कोषाध्यक्ष सरिता चन्द लगायत प्रदेश समितिका सम्पूर्ण पदाधिकारीको उपस्थिति रहेको छ।
अधिवेसन संयोजकको जिम्मेवारी संघका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष खेम राज जोशीलाई दिइएको छ।
साथै कार्यक्रममा कैलाली जिल्लामा कार्यरत पत्रकारका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको पनि बाक्लो उपस्थिति रहेको छ।
यस अधिवेशनले अनलाइन पत्रकारिताको विकास र पत्रकारहरूको हकहितका लागि महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।
उद्घाटन सत्र सकिएसँगै समिति गठन गरिने बताइएको छ।










Discussion about this post