Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र २, सोमबार ०९:२२
कञ्चनपुरमा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित
0
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला महिला विभागको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम र माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । कञ्चनपुरको बेलौरीस्थित सिद्धार्थ रिसोर्टमा भएको यस कार्यक्रममा जिल्लाभरका १० जना प्रतिभाशाली विद्यार्थीहरूलाई नगद र सम्मानपत्रसहित अभिनन्दन गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष उत्तम विष्टले कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक विद्यालयबाट एसईईमा उच्चतम जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु रहेको बताउनुभयो। उहाँले भन्नुभयो “सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दा उनीहरूमा थप ऊर्जा र प्रेरणा मिल्छ । यसले अन्य विद्यार्थीहरूलाई पनि राम्रो गर्न प्रोत्साहित गर्छ । हामीले शिक्षाको गुणस्तर सुधार गर्न र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन निरन्तर काम गरिरहनेछौँ ।”

सम्मानित हुने विद्यार्थीहरूमा भीमदत्त नगरपालिकाबाट महेन्द्रनगर माविका हेमन्त पाण्डेय र ग्रिष्म अवस्थीले ३.९५ जीपीए, पुनर्वास नगरपालिकाबाट सरस्वती माविकी अपेक्षा लामिछानेले ३.९६ जीपीए, शुक्लाफाटा नगरपालिकाबाट राष्ट्रिय माविकी ईश्वरी जोशीले ३.८० जीपीए र बेदकोट नगरपालिकाबाट भुवनेश्वरी माविकी भुवनेश्वर पन्तले ३.७८ जीपीए हासिल गरेका छन् ।

त्यसैगरी, कृष्णपुर नगरपालिकाबाट राष्ट्रिय माविकी प्रियांशु लुहारले ३.७४ जीपीए, बेलडाडी गाउँपालिकाबाट रौलेश्वर माविका दिपेश खातीले ३.६५ जीपीए, लालझाडी गाउँपालिकाबाट सरस्वती माविका विजय चौधरीले ३.५० जीपीए, बेलौरी नगरपालिकाबाट लक्ष्मी माविकी रोशनी खनालले ३.८७ जीपीए र दोधाराचाँदनी नगरपालिकाबाट लक्ष्मी माविका सुवर्ण रावतले ३.४६ जीपीए प्राप्त गरेका छन् ।

सम्मानित विद्यार्थीहरूलाई जनही १,१०५ रुपैयाँ, प्रशंसा पत्र, खादा र टीका प्रदान गरी सम्मान गरिएको आयोजकले जानकारी दिएको छ। 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला महिला विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता विभागकी संयोजक सत्या रोकायाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिकी सदस्य धनमती बिष्ट र विशिष्ट अतिथि राष्ट्रिय समिति सदस्य हरि प्रसाद रिजाल रहनुभएको थियो।

त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर -४ का वडाध्यक्ष अर्जुन ढकाल, पेसागत महासंघ नेपालका केन्द्रीय सदस्य जयन्ती पन्त लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रममा नर्मदा कलौनी जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’
कन्चनपुर

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’

२०८२ भाद्र २, सोमबार ०९:२२
श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न
कन्चनपुर

श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न

२०८२ भाद्र २, सोमबार ०९:२२
महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५०  रुपैयाँमै विद्यार्थीलाई  स्मार्ट फोन
कन्चनपुर

महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५० रुपैयाँमै विद्यार्थीलाई स्मार्ट फोन

२०८२ भाद्र २, सोमबार ०९:२२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ भाद्र २, सोमबार ०९:२२
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ भाद्र २, सोमबार ०९:२२
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ भाद्र २, सोमबार ०९:२२
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ भाद्र २, सोमबार ०९:२२
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ भाद्र २, सोमबार ०९:२२
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ भाद्र २, सोमबार ०९:२२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व