Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २, २०८२
कञ्चनपुरमा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला महिला विभागको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम र माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । कञ्चनपुरको बेलौरीस्थित सिद्धार्थ रिसोर्टमा भएको यस कार्यक्रममा जिल्लाभरका १० जना प्रतिभाशाली विद्यार्थीहरूलाई नगद र सम्मानपत्रसहित अभिनन्दन गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष उत्तम विष्टले कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक विद्यालयबाट एसईईमा उच्चतम जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु रहेको बताउनुभयो। उहाँले भन्नुभयो “सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दा उनीहरूमा थप ऊर्जा र प्रेरणा मिल्छ । यसले अन्य विद्यार्थीहरूलाई पनि राम्रो गर्न प्रोत्साहित गर्छ । हामीले शिक्षाको गुणस्तर सुधार गर्न र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन निरन्तर काम गरिरहनेछौँ ।”

सम्मानित हुने विद्यार्थीहरूमा भीमदत्त नगरपालिकाबाट महेन्द्रनगर माविका हेमन्त पाण्डेय र ग्रिष्म अवस्थीले ३.९५ जीपीए, पुनर्वास नगरपालिकाबाट सरस्वती माविकी अपेक्षा लामिछानेले ३.९६ जीपीए, शुक्लाफाटा नगरपालिकाबाट राष्ट्रिय माविकी ईश्वरी जोशीले ३.८० जीपीए र बेदकोट नगरपालिकाबाट भुवनेश्वरी माविकी भुवनेश्वर पन्तले ३.७८ जीपीए हासिल गरेका छन् ।

त्यसैगरी, कृष्णपुर नगरपालिकाबाट राष्ट्रिय माविकी प्रियांशु लुहारले ३.७४ जीपीए, बेलडाडी गाउँपालिकाबाट रौलेश्वर माविका दिपेश खातीले ३.६५ जीपीए, लालझाडी गाउँपालिकाबाट सरस्वती माविका विजय चौधरीले ३.५० जीपीए, बेलौरी नगरपालिकाबाट लक्ष्मी माविकी रोशनी खनालले ३.८७ जीपीए र दोधाराचाँदनी नगरपालिकाबाट लक्ष्मी माविका सुवर्ण रावतले ३.४६ जीपीए प्राप्त गरेका छन् ।

सम्मानित विद्यार्थीहरूलाई जनही १,१०५ रुपैयाँ, प्रशंसा पत्र, खादा र टीका प्रदान गरी सम्मान गरिएको आयोजकले जानकारी दिएको छ। 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला महिला विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता विभागकी संयोजक सत्या रोकायाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिकी सदस्य धनमती बिष्ट र विशिष्ट अतिथि राष्ट्रिय समिति सदस्य हरि प्रसाद रिजाल रहनुभएको थियो।

त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर -४ का वडाध्यक्ष अर्जुन ढकाल, पेसागत महासंघ नेपालका केन्द्रीय सदस्य जयन्ती पन्त लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रममा नर्मदा कलौनी जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न
कन्चनपुर

‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न

साउन २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

साउन २०, २०८३
सरकारले जनविश्वास गुमाउँदै गएको कांग्रेसको आरोप

सरकारले जनविश्वास गुमाउँदै गएको कांग्रेसको आरोप

साउन २०, २०८३
राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंक नियामक मात्र होइन, आर्थिक रूपान्तरणको सहयात्री बन्नुपर्छ : अर्थमन्त्री स्वर्णीम वाग्ले

साउन २०, २०८३
सरकारलाई नियन्त्रण गर्ने अधिकार संसदसँग मात्रै छ : कानूनमन्त्री सोविता गौतम

सरकारलाई नियन्त्रण गर्ने अधिकार संसदसँग मात्रै छ : कानूनमन्त्री सोविता गौतम

साउन २०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डदेखि विश्वविद्यालय अनुदान आयोगसम्म नियुक्ति

साउन २०, २०८३
याङकी उक्याव बने लगानी बोर्डका नयाँ प्रमुख कार्यकारी अधिकृत

याङकी उक्याव बने लगानी बोर्डका नयाँ प्रमुख कार्यकारी अधिकृत

साउन २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व