कञ्चनपुर – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन) वेदकोटले आयोजना गरेको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयहरूले तीन फरक-फरक तहमा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको माध्यमिक तह तर्फ अमरज्योति विद्या निकेतन प्रथम, ज्ञान बाटिका बोर्डिङ स्कुल द्वितीय र बाल संसार इंग्लिस स्कुल तृतीय भएका छन्।

त्यस्तै, आधारभूत तह (कक्षा ६-८) मा अमरज्योति इंग्लिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गर्दा अरनिको इंग्लिस बोर्डिङ स्कुल द्वितीय र वेदान्त विद्या मन्दिर तृतीय बनेका छन्।
यसैगरी, आधारभूत तहको सबैभन्दा सानो समूह (कक्षा १-५) मा बाल संसार इंग्लिस स्कुल प्रथम, चन्द्रदेवल इंग्लिस बोर्डिङ स्कुल द्वितीय र अमरज्योति इंग्लिस बोर्डिङ स्कुल तृतीय भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि प्याबसन कञ्चनपुरका सदस्य देवराज जोशी रहनुभएको थियो। यसैगरी, कार्यक्रमको सभाअध्यक्षता प्याबसन वेदकोटका अध्यक्ष हरिन्द्र भाटले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन प्याबसन वेदकोटका सचिव भोजराज पन्तले गर्नुभएको थियो।










Discussion about this post