कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ मा रहेको छ लेन सडक (भाइरल रोड) को सौन्दर्य र हरियाली कायम राख्न सरसफाइ अभियानले निरन्तरता पाएको छ। वडा कार्यालयको अगुवाइमा विभिन्न संघसंस्था र स्थानीयको सहभागितामा यो अभियान सञ्चालन गरिएको हो।

आज शुक्रबार पनि सडक छेउमा रोपिएका बिरुवाहरूको संरक्षणका लागि विशेष सरसफाइ कार्यक्रम गरिएको वडा-११ का अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो।
उहाँले सहरीकरणसँगै सडकमा फोहोरको मात्रा बढ्दै गएको र यसले बिरुवाहरूको वृद्धिमा नकारात्मक असर पारेको बताउनुभयो। वडा अध्यक्ष थापाले फोहोरले बिरुवालाई मात्र नभई समग्र वातावरणको सुन्दरतामा समेत असर पारेको उल्लेख गर्दै यसलाई सफा राख्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

सरसफाइ अभियानमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, विभिन्न स्थानीय संघसंस्था, श्री महाकाली जन्जयोति विद्यालयका विद्यार्थी तथा शिक्षकहरू र भीमदत्त नगरपालिकाका सरसफाइकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।












Discussion about this post