Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यालय शिक्षा विधेयकविरुद्ध कञ्चनपुरका निजी विद्यालय सञ्चालक आन्दोलितत : कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण २९, बिहीबार १७:३७
विद्यालय शिक्षा विधेयकविरुद्ध कञ्चनपुरका निजी विद्यालय सञ्चालक आन्दोलितत : कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन
0
SHARES
187
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनका केही बुँदामा असहमति जनाउँदै देशभरका निजी विद्यालय सञ्चालकहरू आन्दोलित भएका छन्। यसै क्रममा कञ्चनपुरमा पनि निजी विद्यालयहरूको साझा संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा आन्दोलनका कार्यक्रमहरू सुरु गरेका छन्।

आन्दोलनको पहिलो दिन कञ्चनपुरका ९ वटै पालिकाका प्रमुख र शिक्षा शाखाका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ। प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव भट्टले केन्द्रीय कार्यक्रमअनुसार नै यो काम गरिएको बताए। उनले आगामी दिनमा पनि आन्दोलन जारी रहने र विद्यालय नै बन्द गर्नुपर्ने अवस्था नआओस् भन्ने चाहेको उल्लेख गरे।

एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येशबहादुर चन्दले सरकारले निजी विद्यालयमाथि अन्याय गरेकोले आन्दोलनमा उत्रिन बाध्य भएको बताए।

निजी विद्यालय सञ्चालकहरूले विधेयकमा समावेश गरिएका केही बुँदामा मुख्य रूपमा असहमति जनाएका छन्। उनीहरूका अनुसार निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने प्रावधान, ‘पूर्ण छात्रवृत्तिको व्यवस्था, हाल अभ्यासमा रहेको कुल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने माग र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क तथा मासिक पढाइ शुल्क पनि कायम गरिनुपर्ने बुँदाहरूले निजी विद्यालयमाथि अन्याय हुने देखिएको छ। प्याब्सन भीमदत्त नगरका अध्यक्ष उपेन्द्रप्रसाद जोशीले यी बुँदाहरू नसच्याएसम्म आन्दोलन जारी राख्ने बताए।

निजी विद्यालयका सञ्चालकहरूले ज्ञापनपत्र बुझाउने र अन्तर्क्रिया गर्ने लगायतका कार्यक्रमहरू तय गरेका छन्। यदि यी कार्यक्रमबाट पनि माग पूरा नभएमा विद्यालय बन्द गर्ने लगायतका कडा कदम चाल्ने चेतावनी दिएका छन्। यस आन्दोलनमा प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष प्रेम ब. चन्द र प्याब्सन जिल्ला सदस्य देवराज जोशीको पनि समर्थन रहेको छ। उनीहरूले आन्दोलनको औचित्यमाथि थप जोड दिँदै निजी विद्यालयहरूलाई सरकारले थप संकटमा पार्न लागेको तर्क गरेका छन्।

यस क्रममा साउन ३० गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापनपत्र बुझाइनेछ। त्यसैगरी, भाद्र १ गते प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाइनेछ। भाद्र २ गते आ-आफ्नो निर्वाचन क्षेत्रका संघीय सांसदहरूलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम छ।

साथै, भाद्र ६ र ७ गते केन्द्र र प्रदेश स्तरमा सरोकारवालाहरूसँग अन्तर्क्रिया गरिनेछ। यसबाहेक आन्दोलनलाई थप सशक्त बनाउन भाद्र २ गते राष्ट्रिय परिषद्को जुम बैठक बस्ने र हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने कार्यक्रम पनि तय भएको छ। यसैगरी भाद्र ४ गते जिल्लास्तरीय र भाद्र ५ गते प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने जनाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईजीपी कार्कीलाई खुलापत्र
देश/राष्ट्रिय

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २९, बिहीबार १७:३७
केही दिन ठूलो पानी नपर्ने
देश/राष्ट्रिय

देशभरको मौसम सफा

२०८२ श्रावण २९, बिहीबार १७:३७
कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’
देश/राष्ट्रिय

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

२०८२ श्रावण २९, बिहीबार १७:३७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २९, बिहीबार १७:३७
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण २९, बिहीबार १७:३७
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण २९, बिहीबार १७:३७
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण २९, बिहीबार १७:३७
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण २९, बिहीबार १७:३७
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण २९, बिहीबार १७:३७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व