कञ्चनपुर । महाकाली नदीमा पानीको बहाब बढेपछि नेपाल र भारत जोड्ने बनबासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवतजावत बन्द गरिएको छ।
आज (बिहिबार) बिहान ११ बजेको मापनअनुसार, महाकाली नदीमा पानीको बहाब १ लाख २६ हजार ७ सय १२ क्युसेक पुगेको छ। पानीको सतह बढेकाले पुलमा जोखिम बढेको भन्दै ठूला गाडीलाई रोक लगाइएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, हाल पुलमा मोटरसाइकल र मानिसलाई भने आवतजावत गर्न दिइएको छ। नदीमा पानीको सतह अझ बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।
अपडेट
१ बजेको समयमा १,४५,३१२ क्युसेक रहेको छ भने दुई पाङग्रे सवारी साधन र मानिस आवतजावत चालु र चार पाङग्रे सवारी साधन बन्द रहेको छ।










Discussion about this post