कञ्चनपुर – वर्ल्डलिङ्क कम्युनिकेसन्स र महेन्द्रनगरस्थित बर्गर हाउसबीच ग्राहकलाई विशेष छुट दिने गरी समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार अब दुवै संस्थाका ग्राहकले एक–अर्काको सेवामा विशेष छुट पाउनेछन्।
बुधबारदेखि लागु भएको यस सम्झौताले वर्ल्डलिङ्कका ग्राहकलाई बर्गर हाउस महेन्द्रनगरको कुनै पनि खानेकुराको बिलमा १०% छुट दिनेछ। यसैगरी, बर्गर हाउसले सिफारिस गरेका ग्राहकले वर्ल्डलिङ्कको इन्टरनेट प्याकेज लिँदा ५% देखि १५% सम्मको छुट पाउनेछन्। छुटको मात्रा प्याकेजअनुसार फरक हुने कम्पनीले जनाएको छ।
यो सम्झौता वर्ल्डलिङ्कका सेल्स सुपरभाइजर सुरेश थापा र बर्गर हाउसका प्रबन्ध निर्देशक हेमराज भट्ट बीच भएको हो। यो सहकार्यले दुवै कम्पनीका ग्राहकलाई थप सुविधा पुग्ने विश्वास गरिएको छ।
यसैगरी, वर्ल्डलिङ्कले महेन्द्रनगरमा अन्य दुई संस्थासँग पनि सहकार्यको घोषणा गरेको छ। अब वर्ल्डलिङ्कका ग्राहकले मन्त्र हस्पिटलमा स्वास्थ्य जाँचमा र सार्क डिजिटलमा शैक्षिक सेवामा पनि छुट पाउनेछन्।










Discussion about this post