Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धनगढीमा जलवायु तथा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी वडा–स्तरीय अन्तरक्रिया सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण २७, मंगलवार १०:१०
धनगढीमा जलवायु तथा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी वडा–स्तरीय अन्तरक्रिया सम्पन्न
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । धनगढीमा जलवायु तथा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र युनिसेफ नेपालको साझेदारीमा सञ्चालित ‘सामुदायिक संलग्नता र सामाजिक परिचालन मार्फत् सामाजिक तथा व्यवहार परिवर्तन र जलवायु कार्यक्रमको नमुना निर्माण’ परियोजनाको आयोजना तथा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ सँगको समन्वयमा ‘जलवायु तथा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी वडा स्तरीय विपद् व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको हो।

वडा स्तरीय विपद् व्यवस्थापन समिति, बाल क्लब र युवा क्लबलगायतका प्रतिनिधिहरू गरी २१ जनाको सहभागिता रहेको यस कार्यक्रममा सहभागीहरूलाई एनएनएसडब्ल्यूए र युनिसेफ नेपालको संक्षिप्त परिचय दिइनुका साथै, जलवायु परिवर्तन र सामाजिक व्यवहार परिवर्तनबारे जानकारी गराईएको थियो। छलफलका क्रममा जलवायु परिवर्तनले बालबालिकाको अधिकार, स्वास्थ्य, शिक्षा तथा दैनिक जीवनमा परेको प्रभावका साथै यसको समाधानका लागि आवश्यक बालमैत्री तथा युवा–मैत्री नीति र कार्यक्रमबारे पनि परामर्श आदान–प्रदान गरिएको थियो।

कार्यक्रममा एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संस्थाको संक्षिप्त परिचय दिँदै, जलवायु परिवर्तन तथा सामाजिक व्यवहार परिवर्तनका क्षेत्रमा संस्थाले गरिरहेको पहल र समुदायमा देखिएको प्रभावका विषयमा प्रकाश पार्नुभयो। उहाँले बालमैत्री र युवा–मैत्री नीति तथा कार्यक्रममार्फत दीर्घकालीन समाधानतर्फ लाग्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभयो।

युनिसेफ नेपालका सामाजिक व्यवहार परिवर्तन कन्सल्टेन्ट अशोक कुमार जोशीले कार्यक्रमको सहजीकरण गर्दै, सहभागीहरूलाई जलवायु परिवर्तन र सामाजिक व्यवहार परिवर्तनसम्बन्धी जानकारी तथा छलफलमा सक्रिय रूपमा संलग्न हुन प्रेरित गर्नुभयो। उहाँले विषयगत सन्देशहरूलाई सरल र प्रभावकारी तरिकाले प्रस्तुत गर्न सहयोग गर्नुभएको थियो।

परियोजना संयोजक भरत बिकले जलवायु परिवर्तन र सामाजिक व्यवहार परिवर्तनका विषयमा यस्ता अन्तर्क्रिया कार्यक्रमले साँझा बुझाई र सहकार्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

परियोजना संयोजक भरत बिकले जलवायु परिवर्तन र सामाजिक व्यवहार परिवर्तनका विषयमा यस्ता अन्तर्क्रिया कार्यक्रमले साँझा बुझाई र सहकार्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्तै कार्यक्रम कैलाली जिल्लाका धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका र कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका सबै वडामा समेत सञ्चालन हुने जानकारी दिनुभयो।

अन्तर्क्रिया कार्यक्रममा परियोजना अन्तर्गत कैलारी गाउँपालिकाका लागि सामाजिक परिचालक रोशन चौधरी, धनगढीका सामाजिक परिचालक केशव पौडेल र दोधारा चाँदनीका सामाजिक परिचालक लक्ष्मी भट्टको समेत उपस्थिति रहेको थियो।

अन्तर्क्रियामा सहभागीहरूले यस्ता कार्यक्रमले जलवायु र सामाजिक व्यवहार परिवर्तनबारे साँझा बुझाई निर्माण गर्दै, बालमैत्री र युवा–मैत्री नीतिहरूको प्रवर्द्धनमा टेवा पुऱ्याउने विश्वास व्यक्त गरेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईजीपी कार्कीलाई खुलापत्र
देश/राष्ट्रिय

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २७, मंगलवार १०:१०
केही दिन ठूलो पानी नपर्ने
देश/राष्ट्रिय

देशभरको मौसम सफा

२०८२ श्रावण २७, मंगलवार १०:१०
कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’
देश/राष्ट्रिय

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

२०८२ श्रावण २७, मंगलवार १०:१०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २७, मंगलवार १०:१०
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण २७, मंगलवार १०:१०
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण २७, मंगलवार १०:१०
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण २७, मंगलवार १०:१०
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण २७, मंगलवार १०:१०
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण २७, मंगलवार १०:१०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व