Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डडेल्धुराको रुपालमा हरेक तेश्रो बर्ष हुने प्रसिद्ध जोगेनी जाँत (भुतको जाँत) यस बर्ष भाद्र महिनामा हुदैँ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण २७, मंगलवार ०९:०१
डडेल्धुराको रुपालमा हरेक तेस्रो बर्ष भाद्र महिनामा हुने ‘जोगेनि जात’ (भुतको जाँत), के हो यसको कथा?
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । डडेल्धुरा जिल्ला भित्र पर्ने रुपाल (हाल भागेश्वर गाउपालिका ) परिचित ठाँउ हो । “जेठी नेपाल कान्छी रुपाल”भन्ने कथनले प्रसिद्ध रुपाल क्षेत्रमा मनाइने प्रसिद्ध जात्रा हो , जोगेनि जात । हरेक तेश्रो बर्ष मनाइने विशेष जात्रा “जोगेनी जाँत” भुतको जाँत भनेर पनि परिचित छ । जुन जात्रा अरु जात्रा भन्दा फरक किसिमले मनाइने गरिन्छ। सम्भब त यस्तो किसिमको जाँत्रा नेपालमा कतै पनि हुदैन । त्यसैले यस जातको फरक पहिचान छ। यो जात्रा मनाउने तरिका नै अनौठो भएकोले यो जात्रा हेर्न देश बिदेश र धेरै ठाँउबाट मानिसहरु आउने गर्दछन।

यो जात्रा प्रत्येक तिन बर्षमा भाद्र महिना गौरा पर्ब पछि हुने गर्दछ। यश बर्ष पनि भाद्र महिनामा हुने भएको छ । यो जात्रा हेर्न रुपालका स्थानिय बासिन्दाहरु कमै छुटाउने गरेका छन । यस जाँतमा हाटबजार जस्तै बिभिन्न किसिमका पसलहरु थापिएका हुन्छन। ईच्छा अनुसार विभिन्न पसलहरु थापिएका हुन्छन,जसमा फलफुल, मिठाई,खाना नास्ता र स्थानिय उत्पादनहरु राखिएका हुन्छन्। यस जाँत “चौंसठ्ठी माता”को रुप पनि भनिन्छ।यस जाँतमा बिभिन्न ‘चौला’ हुने गर्दछन।जसमा मुख्य चौलो कोटेउडाको चौलो हुन्छ,भने अरु चौलाहरुको पनि हुने गर्दछन।जसमा ‘पड चौलो’ ‘नौतडी चौलो’ ‘बिस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ हुन्छन।सबै चौलोहरुमा काँधमा “दमाहा”(दाईन) हालेर बजाउछन।कोहि सिट्टि सेल्छन,कोहि नेजाध्वजा समात्छन भने अधिकाँसले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिइरहेका हुन्छन।यस जात्रामा जातिय भेदभाब हुदैन।किरियामा बसेका या रजस्वला भएका सबैलाई यो जात्रामा जान पाईन्छ। यो दिन सबै स्थानियहरु “जोगेनी डाँडाँ”(जात्रा हुने स्थान)भन्ने ठाँउमा बिहानै देखि जात्रा हेर्न जाने गर्दछन्। भने चौलो खेल्नेहरुलाई जब “देबताले”अनुमति दिन्छन तेसपछि चौसठ्ठी माता खुशी हुन्छिन र चौलो खेल्नेहरु पनि खुसीका साथ “जोगेनी डाँडाँ”(जात्रा हुने स्थान)तर्फ जान्छन।सबै जात्रा हेर्न जाने हुनाले त्यस दिन गाँउनै खाली हुने गर्दछ। त्यस दिन गाँउमा विभिन्न जंगली जनावर र भुतप्रेत आउछन भन्ने जन विश्वास रहदै आएको छ।

यस जात्रा मा भनिने केहि भनाईहरु,

कुनै एकजना- ओ ज्वानौ
अरु सबै- भोर भस्सी
क्याई हेरी रैछौ
भोर भस्सी
खेल्दिय बिरौ
भोर भस्सी
तेसरा बर्ष
भोर भस्सी
जोगेनी जाँत
सबै जना- चबास चबास चबास…………

कसरी भयो जात्रा सुरु

यो जात्रा नागीमल्ल राजाका पालामा सुरु भएको सुनिन्छ।त्यति बेला रुपाल गाबिसको माहाकाली नदि नजिकै जाख भन्ने गाँउ थियो। त्यस गाँउमा सुनि जातीको बसोबास थियो। तिनीहरू माहाकाली मा माछा मार्ने गर्दथे।एक दिन त्यस गाँउका काका भतिज नाता पर्ने दुइ जना माछा मार्न जाल लगेर माहाकाली जान्छन्। तिनीहरूले धेरै पटक जाल हाल्दा पनि साझ सम्म पनि माछा नपरे पछि उदास हुदै छेउमा बस्छन।भन्छन माछा नलगेर घर कसरी जाने भन्दै केहि बेर बसेर फेरि जाल हाल्छन्। जाल माथि तान्दा जाल झन डुब्न थाल्छ त्यो देखेर दुबै जना जाल तान्छन । जाल पानी माथि ल्याउदा त्यो जाल भित्र कति बेला ठुलो माछा र कति बेला स-साना माछा देखिन थाले त्येस्तो देखेर उनिहरु अलमलमा परे र हतपत जाललाइ छेउकै बगरमा राखे।जाल भित्र मान्छेको अनुहार जस्तै कति बेला ठुलो माछा र कति बेला स-साना माछा देखिन थाले, तेस्ता माछा देखेर ति दुबै छक्क परे र भन्न थाले आज यि कस्ता माछा परे हाम्रो जालमा भनेर दुबै निरास भए । नजिकै घर भएकाले त्यो जाल सहितको माछालाइ दुबै जना घिसार्दै तान्दै घरमा लगे।घर पुगे पछि त्यस माछालाई के गर्ने भनेर गाँउका सबैलाई बोलाइ कुरा गर्न थाले, कोहि गाँउले यसलाइ काटेर खाउ भन्न थाले भने कोहि गाँउले यसलाई अजयमेरु दरबार लैजाऔ भन्न थाले। त्यो बेला अजयमेरुमा नागी मल्लको शासन थियो।गाँउमा कुनै नयाँ घटना वा नयाँ बस्तु भेटिएमा दरबारमा लैजानु पर्ने चलन थियो,त्यसैले सबै गाँउले ले यि माछालाइ जाल सहित अजयमेरु दरबार लैजाने निर्णय गरे।

राति नै लैजानु पर्ने भएकाले गाँउलेहरु सबै मिली त्यो जाल सहितनै बोकेर हिड्न थाले ।जादै गर्दा एउटा जालबाट निक्लेर भाग्छ। रात भरि हिड्दा हिड्दै बयलबाट भन्ने ठाउमा पुग्दा त्यहाँ पनि जालबाट एउटा माछा निक्लेर भाग्छ । त्यहाबाट जादै गर्दा एउटा डाँडा मा पुगे पछि थकान मेट्न एकछिन बस्न थाले र जाल पनि छेउमै राखे । केहिछिन पछि उज्यालो भयो तिनिहरु हिडौ भनेर जाल राखेको तिर गए तर त्यहाँ त जाल भित्र ढुङ्गा थिए, त्यो देखेर र सबै जना आत्तिन्छन् त्येसै बेला आकाश गर्जीन्छ र पानी पर्छ।ति सुनीहरु डराउछन यो के भयो कसरि भयो भनेर र सबै घर भाग्न थाल्छन। यता पुरै रुपालमा अनर्थ र असान्ती हुन्छ, कोहि काम्न त कोहि पागल हुन्छन।यस्तो अनर्थ देखेर गाऊ का सबै मिली धामि झाक्री बोलाएर पञ्चनी गर्छन, पञ्चनीमा आएका सुनीहरु त्यो घटना बताउछन । तर पनि कसैले पनि शान्त गर्न सकेनन्। पछि त्येहि रुपाल कोटेउडाको कर्लै देबताले शान्त पार्यो। भनिन्छ कर्लै देबतामा जोतिषी ग्यान पनि भएकाले सान्त पार्न सकेका हुन।कर्लै देबताले ति ढुगाँमा “जोगेनी माता”र बिर (भुत) भएकाले तिनीहरूको राम्रो योगले पुजा गरे पछि सान्त हुने,र यो पुजा प्रतेक तिन बर्षमा गर्नु पर्ने हो। भने पछि त्यो जाँत सुरु भएको हो।

त्यो बेला कर्लै देबताले “जोगेनी माता” र बिरहरुलाइ सान्त पार्न को लागी भएको पञ्चनीमा जोगेनी माताले मानिसको रुपमा आइ यसरि पुजा खाउलो भनेका थिए,सुनि जाती को पुजा खाउलो,तिरुवा जातीले नौर्ता गरन्ना,कर्लै हाम्रो मुल देबता हो (कर्लै देबताले शान्त पारेकाले),पुजामा दुइखुट्टे र चारखुट्टेको बली खाउलो, सबका हात मै तरवार ढाल खुकुरि हुन्ना ,मसानको माटो,कालो मसि,रुपालगर्खाकी नाली,एक पल्टे रोटि,सालका पातका पातला र नेजाध्वजा खाने हौं।मै सित तिन सय चौसठ्ठी बिर छन ,सबैलाइ दिनु पर्ने हो,यहा बाट भागेका बिरहरुलाइ पनि पुजा दिनु पर्ने हो। पुजा मङ्गलबार र शनिबार मात्रै खाने हु। यस्तो भने पछि ति जोगेनी माता र बिरहरु शान्त भएका हुन,भन्ने कथन छ।

कर्लै देबताले “जोगेनी माता” र बिरहरुलाइ सान्त पार्न को लागी भएको पञ्चनीमा जोगेनी माताले मानिसको रुपमा आइ यसरि पुजा खाउलो भनेका थिए,सुनि जाती को पुजा खाउलो,तिरुवा जातीले नौर्ता गरन्ना,कर्लै हाम्रो मुल देबता हो (कर्लै देबताले शान्त पारेकाले),पुजामा दुइखुट्टे र चारखुट्टेको बली खाउलो,सबका हात मै तरवार ढाल खुकुरि हुन्ना ,मसानको माटो,कालो मसि,रुपालगर्खाकी नाली,एक पल्टे रोटि,सालका पातका पातला र नेजाध्वजा खाने हौं।मै सित तिन सय चौसठ्ठी बिर छन ,सबैलाइ दिनु पर्ने हो,यहा बाट भागेका बिरहरुलाइ पनि पुजा दिनु पर्ने हो। पुजा मङ्गलबार र शनिबार मात्रै खाने हु। यस्तो भने पछि ति जोगेनी माता र बिरहरु शान्त भएका हुन,भन्ने कथन छ।

सबै गाँउलेहरु र कर्लै देबताको धामि जात्रा कुन दिन गर्ने भनेर बिरुडा पञ्चमी को साझ कोटेउडा को देउथलीमा भेला हुन्छन,र देबताको र गाँउले को कुरा अनुसार जात्राको दिन र नौर्ता बस्ने ब्यक्ति तोकिन्छ। यस जात्रामा भने सुनी,तिरुवा र सार्की थर भएकाले पुजाआजा र ब्यबस्थापन गर्नु पर्छ।जात्रा को दिन तोकिएपछि गाँउबाट सार्कि थरका र तिरुवा थरकाले पोखलो (पुजा गर्न चाहिने अन्न र अरु सामान) उठाउने काम गर्छन।जात्रा सुरु हुने केहि दिन अगाडी भागेका बिरहरुको पुजाआजा गरिन्छ,जसलाइ गाँउलेहरु भैरब बाद्नु भन्छन। जात्रा हुने एक दिन अगाडी गौरा सेलाइन्छ,त्येसै दिन सांझ कोटेउडा को देबथलीमा चौलो खेलिन्छ।

यो जात्राको दिन बिहानै सबै गाउलेहरु खाना खाएर आ आफ्नो देउथलिमा चौलो खेल्छन।मुल चौलो कोटेउडाको भएकाले सबै भन्दा पहिले अगाडि बढ्छ र पड चौलो संग मिसिन्छन । पड र कोटेउडाको चौलो, पड चौलोको देबथली गोल्देउखलामा केहिबेर चौलो खेल्छन। त्यसपछि चौलो खेल्दा खेल्दै गन्तव्य स्थल मा पुग्छ।सबैभन्दा पहिले डमरु बजाइ सार्की,तिरुवा र सुनीहरु कुण्डमा पस्छन्। त्यसपछि कुण्डमा चौलो पस्छ,५-५ फन्का घुमेपछि त्यो चौलो (पड+कोटेउडा ) नौतडीको चौलोलाइ पर्छ्याउन जान्छ। पर्छ्याए पछि फेरि चौलो कुण्डमै प्रबेश गर्छ र चौलो खेल्छ। केहि समय चौलो खेले पछि त्यो चौलो (पड+ कोटेउडा +नौतडी) बिस्तडीको चौलो पर्छ्याउन जान्छ।चारवटै चौलो मिसिए पछि कुण्डमा चौलो खेल्छन।कतिबेला आधा चौलो बाहिर गएर खेल्छ भने कतिबेला पुरै चौलो बाहिर जान्छ।खेल्दा खेल्दै तल्ली रुपालको चौलो आइपुगेको खबर सुनेपछि त्यो चौलो( पड +कोटेउडा +नौतडी +बिस्तडी) पर्छ्याउन जान्छ। तल्ली रुपालको चौलो र पर्छ्याउन गएको चौलोको मिसिने ठाउ भिरालो भएकाले धेरै मानिसहरू चिप्लीन्छन। पाँच वटै चौलो मिसिएपछि कुण्डमा खुट्टा राख्न सम्म ठाउ हुदैन।त्यसमा पनि अधिकांस चौलो खेल्नेहरु संग तरबार,खुकुरी,सिस्नुको हाङ्गा,काँडा भएको लौरि र नेजा ध्वजा हुन्छन। कुण्डमा खेलिरहेको चौलोको आबाज,सिट्टि बजाएको आबाज र दमाहा (दाइन )को आबाजले त्यहाको बाताबरण मनमोहक हुन्छ। हात हतियार सहित चौलो खेल्ने भएकाले चोटपटक पनि लाग्ने गर्दछ। चौलो खेल्दा खेल्दै लागेको चोटपटकलाइ जोगेनी माताको आर्शिबाद हो भन्ने जनबिश्वास पनि रहि आएको छ।

खेल्ने क्रममा कर्लै देबताको धामीलाइ तिरुवाहरुले काँधमा राखी भित्र बाहिर घुमाउछन ।, घुमाउने बेलामा घामीले बाख्रालाइ मुखले च्यापेको हुन्छ। त्यस पछि पुजा बिधी सुरु हुन्छ भने चौलो बाहिर जान्छ। उता सार्की र तिरुवा की आईमाइहरु एकपल्टे रोटि पकाउदै हुन्छिन।कुण्ड खाली भए पछि मसानको माटोले रेखा हालिन्छ र सालका पातला बिछाएर चामल अनि कालो मसि छरिन्छ।त्यस पछि कुखुराको टाउको काटेर उडाइन्छ भने बाख्राको बली कुण्डको बिचमा तिन सय चौसठ्ठी ढुङ्गामा (तिन सय चौसठ्ठी बिरहरु को माथि) राखेर दिइन्छ। र बाख्राको सबै खुन तिन सय चौसठ्ठी ढुङ्गामा (तिन सय चौसठ्ठी विरहरु को माथि) छरिन्छ। त्यस पछि एकपल्टे रोटि ल्याएर त्यहाँ बिछाइएका पातलामा एक एक गरि राखिन्छ। भित्र पुजा चल्दै गर्दा बाहिर गएको चौलो भित्र आउन धेरै प्रयास गर्छ तर सुनीहरु आउन दिदैनन्। सुनीहरु चौलो भित्र न आओस भनि सिस्नु,लौरि,तरवार,खुकुरी र घङारुको हाँगा ले प्रतिकार गर्छन।

बली दिइएको बाख्रालाइ काटेर कलेजो र मासुका तिन सय चौसठ्ठी भाग बनाएर कुण्ड भित्रका तिन सय चौसठ्ठी ढुङ्गालाइ ( तिन सय चौसठ्ठी बिरहरुलाइ) दिइन्छ। अनि पुजा बिधी सकिन्छ र कुण्डमा भएका रोटि उठाउन्छन।त्यसै बेला बाहिर गएको चौलो कुण्डमा पस्छ र दिन भरि चौलो खेलिरन्छन। बिहान देखि साझ सम्म अबिरल ( निरन्तर ) खेलिरहेका चौलोले दिनभर त्यहाँ को बाताबरण गुञ्जयमान बनाइरहेको हुछ। निरन्तर नरोकिने चौलोमा कतिबेला खेलपनि हाल्ने गरिन्छ।

जस्तै:
मुसुरीको दुडबुड्या तिउन
लागिरैछ थुडबुड्या हिउन।आदि

दिन भरि खेल्दा खेल्दै यस जात्राको रमझममा यताउता घुम्न अतिनै मनमोहक लाग्छ।दिनमा यता पुरुषहरुको चौलो हुन्छ भने उता आइमाइहरुको देउडा मज्जासंग डटेको हुन्छ। जात्रा बिशेस गरि भाद्र महिनामा हुन्छ, जात्राको दिन कुनै बर्ष पानि पर्छ भने कुनै बर्ष घाम लाग्ने गर्छ। घाम लागेको बर्ष पानिको प्यासले पानि किनेर पिउने गर्छन भने पानि परेको बर्ष जताततै चिप्लै चिप्लो भइ मानिस चिप्लेको देख्दा निकै हासो आउछ। यसै गरि यो जात्रा मनाइन्छ। साझ पर्ने बेलामा जात्रामा आएका कोहि पसलहरु तिर गएर आबश्यक सामान किन्ने गर्दछन, भने कोहि पुरुष हरु कुण्डमा जोगेनी माताको खेल खेलेर आसिष (आर्शिबाद) मागे पछि जोगेनी माता लाइ “शिस” दिएर समाप्त गरिन्छ। दिन भर रमाइलो गरेर जात्रा सम्पन्न हुन्छ। अध्यारो भए पछि बिरहरु चौलो खेल्ने भएकाले सबै जना आ आफ्नो घर फर्कने गरेका छन ।

              मदनराज जोशी (रुपाली मदन)
  भागेश्वर गाउँपालीका वडा नम्बर -२ पड, गोल्देउखला
सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईजीपी कार्कीलाई खुलापत्र
देश/राष्ट्रिय

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २७, मंगलवार ०९:०१
केही दिन ठूलो पानी नपर्ने
देश/राष्ट्रिय

देशभरको मौसम सफा

२०८२ श्रावण २७, मंगलवार ०९:०१
कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’
देश/राष्ट्रिय

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

२०८२ श्रावण २७, मंगलवार ०९:०१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २७, मंगलवार ०९:०१
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण २७, मंगलवार ०९:०१
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण २७, मंगलवार ०९:०१
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण २७, मंगलवार ०९:०१
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण २७, मंगलवार ०९:०१
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण २७, मंगलवार ०९:०१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व