कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी र भुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गुलरियाका गणेश रावत र टेकराम चौधरी रहेका छन्। बेलौरी नगरपालिका–१०, सडकघाटस्थित उनीहरूमाथि शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट १० ग्राम ५८० मिलीग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सागर बोहराले पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।










Discussion about this post