Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा भव्य श्रीकृष्ण जन्माष्टमीको तयारी: ऐतिहासिक कृष्ण मन्दिरमा विशेष कार्यक्रम हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २६, २०८२
बैतडीमा भव्य श्रीकृष्ण जन्माष्टमीको तयारी: ऐतिहासिक कृष्ण मन्दिरमा विशेष कार्यक्रम हुने
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । जिल्ला सदरमुकामस्थित ऐतिहासिक कृष्ण मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी भइरहेको छ। भाद्र ३१ गते मनाइने जन्माष्टमीको अवसरमा मन्दिरमा विशेष पूजापाठ र भजनकीर्तनको आयोजना गरिनेछ। पर्वको भोलिपल्ट अर्थात् भदौ १ गते डुलगढीदेखि गोठालापानी हुँदै साहिलेक छेलासम्म परिक्रमा गर्ने कार्यक्रम पनि तय भएको छ।

यो कृष्ण मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई नेपालको प्रजातान्त्रिक आन्दोलनको एक महत्त्वपूर्ण साक्षी पनि हो। वि.सं. १९९७ सालमा अमर सहिद दशरथचन्दको शहादतपछि उहाँका अनुयायी तथा बैतडीका चेतनशील व्यक्तित्वहरू यसै मन्दिरमा भजनकीर्तनको बहानामा भेला भई राणाशासनविरुद्ध रणनीति तयार पार्ने गर्दथे। त्यस समयमा मन्दिर आसपास नै बैतडीको मुख्य प्रशासनिक केन्द्र रहेकोले यसले धार्मिक तथा आध्यात्मिक अभियानमार्फत जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

मन्दिर परिसरमा रहेका केही अत्यन्तै दुर्लभ ढुंगाका मूर्ति र शिलापत्रहरूले यसको ऐतिहासिकतालाई थप प्रमाणित गर्छन्। तीमध्ये एउटा स्लेट (स्थानीय भाषामा ‘पात्थर’) मा लेखिएको शिलापत्र विशेष महत्त्वपूर्ण छ। यो शिलापत्र पहिले मन्दिर नजिकै रहेको मालपोत कार्यालयको पीपल चौतारामा राखिएको थियो। मालपोत कार्यालयको पुनर्निर्माणका क्रममा यसको संरक्षणका लागि अहिले कृष्ण मन्दिरमा राखिएको छ।

बैतडी जिल्लामा यस प्रकारका थुप्रै ऐतिहासिक र पुरातात्विक महत्त्वका सम्पदाहरू छन्, जसको खोजी र प्रचारप्रसार हुन बाँकी छ। यी सम्पदाहरूको संरक्षण र संवर्द्धनका लागि नागरिकस्तरबाटै पहलकदमी गर्न सकेमा भावी पुस्ताका लागि हाम्रा पुर्खाको गौरवगाथा एउटा अमूल्य उपहार हुनेछ।

(यो समाचार स्थानीय उद्धव सिहंले दिएको जानकारी आधारमा तयार गरिएको हो।)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल

अशोज ६, २०८३
जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व