Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा वर्षा निगरानीका लागि नागरिक वैज्ञानिक अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २५, २०८२
वेदकोटमा वर्षा निगरानीका लागि नागरिक वैज्ञानिक अभिमुखीकरण कार्यक्रम सम्पन्न
0
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – वेदकोट नगरपालिकामा वर्षाको निगरानीका लागि नागरिक वैज्ञानिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्मार्ट परियोजनाको आयोजनामा भएको यस कार्यक्रममा विपद् पूर्वतयारी र प्रारम्भिक चेतावनी प्रणालीलाई सुदृढ बनाउन नागरिक वैज्ञानिकहरूको भूमिकामाथि विशेष जोड दिइएको छ।

कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले अध्यक्षता गर्नुभएको थियो। नगर उप–प्रमुख तुलसी जोशी र नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक विक्रम जैरु विशिष्ट अतिथि रहनुभएको थियो।

स्मार्ट परियोजना अन्तर्गत वेदकोट नगरपालिकाका २३ जना नागरिक वैज्ञानिकलाई वर्षा गेजको प्रयोग, मापन प्रविधि, तथ्यांक संकलन र प्रतिवेदन प्रणालीबारे तालिम दिइएको छ। उनीहरूले व्यवहारिक अभ्यासमार्फत यी सीपहरू सिकेको एनएनएसडब्लुएका पूर्व सूचना तथा पूर्व कार्य अधिकृत भोजराज भट्टले बताउनुभयो।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले नागरिक वैज्ञानिकको भूमिकाको प्रशंसा गर्दै स्थानीय स्तरमा विपद्को सामना गर्न र त्यसको जोखिम कम गर्न नागरिक वैज्ञानिकहरूको योगदान अपरिहार्य रहेको बताए। उनले नागरिक वैज्ञानिकले संकलन गरेको सही तथ्यांकले समयमै पूर्वतयारी गर्न र समुदायलाई सुरक्षित राख्न ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले विपद् व्यवस्थापनमा नागरिक सहभागिताको महत्त्वमाथि प्रकाश पार्दै यो परियोजनाले नगरपालिकाको विपद् व्यवस्थापन क्षमतालाई थप मजबुत बनाएको बताए। उनले नागरिक वैज्ञानिकहरूले संकलन गरेको तथ्यांकलाई योजना बनाउन र जनतालाई सुरक्षित राख्न प्रयोग गरिने उल्लेख गर्दै यसलाई समुदायको सुरक्षाका लागि एक महत्त्वपूर्ण कदम भएको बताए।

कार्यक्रममा डिसिएका म्यानेजर दिनेश गुरुङ र आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतम भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो। एनएनएसडब्लुएका सुदृढ परियोजना संयोजक राजकुमार सुनारले कार्यक्रमको उद्देश्य र आगामी योजनाबारे जानकारी गराउनुभयो।

त्यस्तै कार्यक्रममा स्मार्ट परियोजनाका फिल्ड अफिसर बबिता बोहराले स्मार्ट परियोजनाको उद्देश्य र यसको आगामी योजनाबारे विस्तृत जानकारी दिनुभएको थियो। उनले यो परियोजनाले वेदकोट नगरपालिकामा बाढी र खडेरी जस्ता समस्याको दीर्घकालीन समाधानमा सहयोग पुर्याउने आशा व्यक्त गरिन्।

स्मार्ट परियोजना वेदकोट नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसिए, र आइएचआरआर को साझेदारीमा सञ्चालित छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण
देश/राष्ट्रिय

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक
देश/राष्ट्रिय

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
देश/राष्ट्रिय

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

असार १०, २०८३
नीति, नियत र नियती !

नीति, नियत र नियती !

असार १०, २०८३
सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

असार १०, २०८३
रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व