कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ स्थित महाकाली नदीमा नुहाउने क्रममा आइतबार दिउँसो दुई बालिका बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार अन्दाजी ७ वर्षीया जिबिका पन्त र ६ वर्षीया सान्वी पन्त बेपत्ता भएका हुन् ।
आइतबार दिउँसो महाकाली किनारमा चार बालबालिका नुहाउने क्रममा तीमध्ये जिबिका र सान्वी हराएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य अहिले पनि जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।










Discussion about this post