Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण २०, मंगलवार १६:३२
इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेसहित ६४ जना सांसदको समर्थनसहित सरकार गठनको दाबी प्रस्तुत गरेका थिए। प्रदेश प्रमुखको कार्यालयका अनुसार, मुख्यमन्त्री बानियाँको सपथ ग्रहण आज साँझ हुने तयारी गरिएको छ।

लामो राजनीतिक यात्राका अनुभवी नेता
२०२७ साल भदौ १५ गते मकवानपुरको हर्नामाडी–४ दियावतीमा जन्मिएका इन्द्रबहादुर बानियाँ लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय नेता हुन्। स्व. क्षेमबहादुर बानियाँ र प्रेमकुमारी बानियाँको कोखबाट जन्मिएका उनी हाल हेटौँडा–५ सानोपोखरा र ललितपुरको धापाखेल–१ मा बसोबास गर्दै आएका छन्।

बानियाँले आफ्नो राजनीतिक यात्रा २०४४ सालमा सुरू गरेका थिए। २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पार्टी राजनीतिमा उल्लेखनीय उपस्थिति जनाए। त्यसपछि उनले नेपाल विद्यार्थी संघ मकवानपुरका सहसचिवदेखि नेपाल तरुण दलको जिल्ला अध्यक्षसम्मका भूमिकामा रहेर युवा राजनीतिमा विशेष योगदान पुर्याए।

२०५६ सालदेखि नेपाली कांग्रेसको महासमिति सदस्यका रूपमा निरन्तर सक्रिय रहेका बानियाँ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए। त्यसपछि २०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र सोही वर्ष गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

२०७४ को प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ (ख) बाट निर्वाचित बानियाँ काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए। २०७८ सालदेखि उनी नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन्।

२०७९ मा पुनः प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँ २०८२ साउन १४ गते काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भए पश्चात नेतृत्वको दाबी प्रस्तुत गरेका थिए।

स्पष्ट धारणा, खरो नेतृत्व
बानियाँ नेपाली राजनीतिमा स्पष्ट विचार, खरो अभिव्यक्तिका लागि चिनिने नेता हुन्। आफ्नै दलका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएर नेतृत्व परिवर्तन गराउन सफल हुनुले उनको राजनीतिक परिपक्वता दर्शाउँछ। संगठन निर्माण, जनसंपर्क तथा लोकतान्त्रिक अभ्यासमा उनको गहिरो अनुभव रहेको मानिन्छ।

सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेका बानियाँ मकवानपुर उद्योग वाणिज्य संघ, मकवानपुर निर्माण व्यवसायी संघ लगायतका संस्थामा सल्लाहकारका रूपमा आबद्ध छन्। उनी त्रिखण्डेश्वर महादेव संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष तथा मकवानपुर बहुमुखी क्याम्पसका कार्यसमिति सदस्य पनि रहेका छन्।

बानियाँको नेतृत्वमा गठन हुने सरकारबारे चासो बढेको छ। नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यबाट बनेको नयाँ सत्ता गठबन्धनले अबको प्रदेश राजनीति कुन दिशातर्फ मोड लिन्छ भन्ने प्रश्न उठिरहेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईजीपी कार्कीलाई खुलापत्र
देश/राष्ट्रिय

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २०, मंगलवार १६:३२
केही दिन ठूलो पानी नपर्ने
देश/राष्ट्रिय

देशभरको मौसम सफा

२०८२ श्रावण २०, मंगलवार १६:३२
कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’
देश/राष्ट्रिय

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

२०८२ श्रावण २०, मंगलवार १६:३२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २०, मंगलवार १६:३२
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण २०, मंगलवार १६:३२
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण २०, मंगलवार १६:३२
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण २०, मंगलवार १६:३२
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण २०, मंगलवार १६:३२
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण २०, मंगलवार १६:३२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व