Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण १९, सोमबार ०७:५७
मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मिडिया काउन्सिलमा अनलाइन टिभी पत्रकारहरुको प्रतिनिधित्व सुनिश्चित गर्न अनलाइन टिभी पत्रकार संघ, नेपालले माग गरेको छ ।

काउन्सिल सम्बन्धी विधेयकमा छलफल चलाएरहेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई सुझावपत्र बुझाउदै संघले प्रतिनिधित्वको माग गरेको हो ।

विधेयकको दफा ६ घ मा छापा, अनलाईन, रेडियो र टेलिभिजनका प्रकाशक, सम्पादक, श्रमजीवी पत्रकारहरुको प्रतिनिधित्व हुने व्यवस्था गरिएपनि अनलाइन टिभीलाई भने बेवास्ता गरिएको भन्दै संघले समितिको ध्यानाकर्षण गराएको हो ।

संघको तर्फबाट अध्यक्ष जीवन भण्डारी नेतृत्वको टोलीले सभापति थापालाई सिंहदरवारस्थित कार्यकक्षमै भेटेर पछिल्लो समयमा सबैभन्दा बढी प्रभावकारी भएका र संख्याको हिसावले पनि सबैभन्दा धेरै रहेका अनलाइन टिभीहरुको प्रतिनिधित्व काउन्सिलमा हुनुपर्ने माग राखेको हो ।

अहिलेको प्रेस काउन्सिलमा पनि सबैभन्दा धेरै विवाद र उजुरी अनलाइन टिभीकै बारेमा पर्ने गरेकाले पनि त्यसको सम्वोधन गर्न र न्यूनीकरण गर्न काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व हुनु पर्ने अध्यक्ष भण्डारीको भनाई थियो ।

उनले परम्परागत मिडियाबाट प्रतिनिधित्व गर्नेहरुले नयाँ मिडियाको समस्या सम्बोधन गर्न नसक्ने र प्राविधिक हिसाबले पनि काउन्सिलमा अनलाइन टिभीका बारेमा जानेको व्यक्ति अत्यावश्यक भइसकेको तर्क गरे ।

संघको तर्फबाट सभापति थापालाई दिएको सुझावपत्रमा लेखिएको छ, “काउन्सिलमा सबैभन्दा धेरै उजुरी पर्ने, सबैभन्दा धेरै विकास हुदै गएको र सबैभन्दा धेरै प्रभावशाली हुदै गएको अनलाइन टिभीको प्रतिनिधित्व अनिवार्य हुुनुपर्दछ । माध्यम अनुसारको समावेशी प्रतिनिधित्वसँगै प्राविधिक, व्यवहारिक र न्यायोचित दृष्टीकोणले पनि काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व आवश्यक छ ।”

प्रेस काउन्सिलकै अघिल्लो वर्षको विवरण अनुसार देशभरी नियमित प्रकाशित सबै प्रकारका पत्रिकाको संख्या ७७९ रहेको, प्रसारण अनुमति लिएका रेडियोको संख्या एक हजार १९२ र टिभीको संख्या २४६ रहेकोमा अनलाइनको संख्या ४ हजार ६२२ र अनलाइन टिभीको संख्या त्यो भन्दा धेरै रहेको अध्यक्ष भण्डारीको दाबी छ ।

घट्दै गएका सञ्चार माध्यमको भन्दा बढ्दै गएका सञ्चार माध्यमको प्रतिनिधित्व बढी हुनु पर्ने बताउँदै उनले अनलाइन टिभीको प्रतिनिधित्वको व्यवस्था नभएमा काउन्सिलमा व्यवहारिक समस्या हुने र काउन्सिल नै असान्दर्भिक हुने बताए । उनले अनलाइन टिभी बढी प्राविधिक र नयाँ माध्यम भएकाले त्यसलाई हेर्न छुट्टै पूर्णकालीन निर्देशकको पनि व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

काउन्सिल आफैँले र पत्रकार महासंघले हालै अनलाइन टिभीलाई पत्रकारिताको दायरामा ल्याएर व्यवस्थित गर्दै जिम्मेवार बनाउनु पर्ने निर्णय गरेकाले पनि काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व स्वभाविक भएको अध्यक्ष भण्डारीको भनाइ छ ।

संघले काउन्सिललाई स्वायत्त बनाउन काउन्सिलको सिफारिस समिति, बोर्डको गठन तथा कारबाही प्रक्रिया लगायतका विधेयकको २८ ठाउँमा संशोधनका लागि सुझाव दिएको छ ।

संघको सुझावपत्र बुझेपछि समितिका सभापति थापाले संघको सुझावलाई सकारात्मक रुपमा लिएको बताउदै समितिमा छलफल गरेर व्यवहारिक सुझावहरुलाई समेट्ने आश्वासन दिएका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईजीपी कार्कीलाई खुलापत्र
देश/राष्ट्रिय

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण १९, सोमबार ०७:५७
केही दिन ठूलो पानी नपर्ने
देश/राष्ट्रिय

देशभरको मौसम सफा

२०८२ श्रावण १९, सोमबार ०७:५७
कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’
देश/राष्ट्रिय

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

२०८२ श्रावण १९, सोमबार ०७:५७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण १९, सोमबार ०७:५७
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण १९, सोमबार ०७:५७
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण १९, सोमबार ०७:५७
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण १९, सोमबार ०७:५७
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण १९, सोमबार ०७:५७
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण १९, सोमबार ०७:५७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व