कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध नियन्त्रण ब्युरो र प्रहरीको संयुक्त टोलीले दुई फरक स्थानबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, साउन १६ गते भीमदत्त नगरपालिका-१० का नबिन धामीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। प्रहरीले उनलाई भीमदत्त नगरपालिका-४ बाट पक्राउ गरेको हो।
यसैगरी, साउन १७ गते वेदकोट नगरपालिका-९, लालपुरबाट सोही ठाउँका गणेश बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको साथबाट ५ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।
पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता, प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिएका छन्।










Discussion about this post