Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १६, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ६ घण्टासम्म कृतिम श्वास दिई नवजात शिशुको ज्यान जोगाउने बैतडीको सिगासकी अनमी जानकी पुजारा साउदसँग फोन संवाद गर्नुभएको छ ।

संवादका क्रममा मन्त्री भण्डारीले सिगास जस्तो दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा आफ्ना जिम्मेवारीहरू अत्यन्त निष्ठापूर्वक र प्रभावकारी रूपमा निर्वाह गरी राज्यको ध्यान आकर्षित गर्न सफल भएकोमा पुजाराको कामको उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पुजारालाई उत्कृष्ट स्वास्थ्यकर्मीको रूपमा परिचित हुन सफल भएकोमा बधाई दिँदै, आगामी दिनमा पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईंलगायत अरू पनि स्वास्थ्यकर्मीहरूले काम गर्ने सिलसिलामा कुनै अप्ठ्यारो परेमा वा मेरो तर्फबाट गर्नुपर्ने कुनैपनि कामका लागि जुनसुकै बेला फोन गर्न सक्नुहुन्छ, म तत्कालै समस्या समाधानका लागि पहल गर्नेछु ।”

फोन संवादकै क्रममा स्वास्थ्यकर्मी पुजाराले आफ्नो कार्यक्षेत्रमा भौतिक पूर्वाधार र स्वास्थ्य सामग्रीको अभाव रहेको भन्दै पहल गरिदिन आग्रह गर्नुभयो । जवाफमा मन्त्री भण्डारीले विगतमा सिगासमा तीनवटा स्वास्थ्य संस्था निर्माणका लागि पहल गरिएको स्मरण गराउँदै, आगामी दिनमा पनि आवश्यक भौतिक पूर्वाधार र स्वास्थ्य सामग्री उपलब्ध गराउन सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले स्वास्थ्य सेवा प्रणाली सुदृढ बनाउन आवश्यक उपकरण र सुविधाहरूको सूची आफूलाई उपलब्ध गराउन पनि अनुरोध गर्नुभयो । यसैबीच, मन्त्री भण्डारीले सिगास स्वास्थ्य चौकीमा खानेपानीको समस्या आएको गुनासोप्रति ध्यान दिँदै, सो समस्या समाधानका लागि कार्यान्वयनको चरणमा रहेको हल्काशैनी लिफ्ट खानेपानी योजनाको स्कीम थप गरी स्वास्थ्य चौकी, भुवन भाष्कर मावि र आसपासका बस्तीमा खानेपानी पु¥याउने गरी सम्बन्धित निकायलाई निर्देशन दिने जानकारी दिनुभयो ।

गत बिहीबार ६ घण्टा मुखबाटै अक्सिजन दिएर अनमी पुजारा सिगास–४ की लक्ष्मी धामीले जन्मदिएको शिशुको ज्यान बचाउन सफल भएकी थिइन् । राति २० वर्षीया धामीले शिशुलाई जन्म दिएकी थिइन् ।

शिशुको श्वास निकै सुस्त चल्न थालेपछी स्थलमार्ग र हवाइमार्गबाट समेत उद्धारको अवस्था नभएको अवस्थामा अनमी पुजाराले शिशुलाई मुखबाटै श्वास दिएर ज्यान जोगाएकी हुन् । उनको कामको अहिले चौतर्फी प्रशंसा भैरहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

कार्तिक २७, २०८३
काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

कार्तिक २७, २०८३
तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

कार्तिक २७, २०८३
नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

कार्तिक २७, २०८३
सुदूरपश्चिमका पहाड रित्तिँदै, तराईमा चाप बढ्दै

सुदूरपश्चिमका पहाड रित्तिँदै, तराईमा चाप बढ्दै

कार्तिक २७, २०८३
धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

कार्तिक २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व