Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेशनल प्याब्सनको सरकारलाई चेतावनी, ३० लाख विद्यार्थी र ८ खर्ब लगानीको उपेक्षा नगरियोस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण १६, शुक्रबार १२:१४
नेशनल प्याब्सनको सरकारलाई चेतावनी, ३० लाख विद्यार्थी र ८ खर्ब लगानीको उपेक्षा नगरियोस्
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल सरकारद्वारा तयार पारिँदै गरेको नयाँ विद्यालय शिक्षा ऐनको प्रारुपप्रति गम्भीर चासो व्यक्त गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेशनल प्याब्सन) ले ७ बुँदे मागसहित शुक्रबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। संघले शिक्षा ऐन संविधानको मर्मअनुसार समावेशी, न्यायोचित र निजी क्षेत्रमैत्री बन्नुपर्नेमा जोड दिएको छ।

नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने र महासचिव प्रकाशचन्द्र खड्काले एक विज्ञप्ति जारी गर्दै निजी विद्यालयहरूलाई विभेदरहित रूपमा समेट्नुपर्ने माग गरिएको छ। विज्ञप्तिमा संविधानको धारा १७(२च) र २५(१) मा प्रत्याभूत गरिएको पेसा, व्यवसाय र सम्पत्तिको हकलाई आत्मसात गर्दै निजी विद्यालयहरूले शिक्षामा पुर्‍याएको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ।

संघका अनुसार देशभर करिब ३४ प्रतिशत विद्यालय तहको शिक्षा निजी क्षेत्रले बहन गरेको छ, जहाँ ८ खर्बभन्दा बढी लगानी, ३० लाख विद्यार्थी र २ लाखभन्दा बढी शिक्षक-कर्मचारी (जसमध्ये ५५ प्रतिशत महिला) संलग्न छन्। यति ठूलो संरचना र जनशक्तिलाई बेवास्ता गर्नु न्यायोचित नहुने नेशनल प्याब्सनको भनाइ छ।

संघले सात बुँदे मागमार्फत शिक्षा ऐन समयसापेक्ष परिमार्जनसहित चाँडो जारी गर्न, सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा विभेदरहित ऐन निर्माण गर्न, कम्पनी ऐनअन्तर्गत सञ्चालनमा रहेका विद्यालयलाई सोही ढाँचामा निरन्तरता दिन कानुनी ग्यारेन्टी गर्न माग गरेको छ।

त्यसैगरी, निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने प्रस्तावप्रति आपत्ति जनाउँदै ऐनमा स्पष्ट प्रावधान राख्नुपर्ने माग गरिएको छ। सबै तहमा छात्रवृत्तिको अवसर सुनिश्चित गर्नुपर्ने भए पनि १५ प्रतिशत पूर्ण छात्रवृत्तिको बाध्यकारी व्यवस्था हटाउनुपर्ने र निशुल्क शिक्षाको नारा व्यवहारिक नभएको भन्दै त्यसको गम्भीर समीक्षा गर्न सरकारलाई आग्रह गरिएको छ।

शिक्षा नीति तथा कानुन निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य गरिनुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख छ। विगतमा शिक्षा ऐन २०५८ को संशोधन र २०६० को अध्यादेशले निजी विद्यालयहरूलाई कम्पनीमा रूपान्तरण गर्न बाध्य पारेको स्मरण गर्दै संघले अहिले पनि सोही संरचनामा निरन्तरता दिनुपर्ने बताएको छ।

नेशनल प्याब्सनले निकट भविष्यमा जारी हुने विद्यालय शिक्षा ऐनले शिक्षाको समग्र गुणस्तर अभिवृद्धिमा टेवा पुर्‍याउने गरी निजी क्षेत्रको अधिकार र दायित्वलाई स्पष्ट रूपमा समेट्नुपर्नेमा जोड दिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी
देश/राष्ट्रिय

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८२ श्रावण १६, शुक्रबार १२:१४
नियम विपरीत लिइएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन, उजुरी गर्न हेल्प डेस्कको व्यवस्था
देश/राष्ट्रिय

नियम विपरीत लिइएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन, उजुरी गर्न हेल्प डेस्कको व्यवस्था

२०८२ श्रावण १६, शुक्रबार १२:१४
आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको देउवाको गुनासो
देश/राष्ट्रिय

आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको देउवाको गुनासो

२०८२ श्रावण १६, शुक्रबार १२:१४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

२०८२ श्रावण १६, शुक्रबार १२:१४
आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

२०८२ श्रावण १६, शुक्रबार १२:१४
काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

२०८२ श्रावण १६, शुक्रबार १२:१४
सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८२ श्रावण १६, शुक्रबार १२:१४
ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

२०८२ श्रावण १६, शुक्रबार १२:१४
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

२०८२ श्रावण १६, शुक्रबार १२:१४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व