कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित देवल इन्स्टिच्युट प्रालिले शनिबार एक विशेष कार्यक्रमका बिच नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा विभिन्न कोर्सका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ। उक्त कार्यक्रम भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख केशव सिंह बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

देवल इन्स्टिच्युटका सञ्चालक हिक्मत बुढाका अनुसार, कार्यक्रममा आधारभूत कम्प्युटर तथा आधारभूत अंग्रेजी भाषा कक्षा सफलतापूर्वक सम्पन्न गरेका २०० जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ। साथै, इन्स्टिच्युटमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई भव्य स्वागत गरिएको थियो।

स्वागत गरिएका विद्यार्थीहरूमा १८ महिने कम्प्युटर आइटी, होटल म्यानेजमेन्ट र इडिएफ (EDF) लगायतका विभिन्न विषयका रहेका छन्। यस कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रोत्साहनका साथै अध्ययनमा निरन्तरताका लागि उत्प्रेरणा प्रदान गरेको इन्स्टिच्युटले जनाएको छ।











Discussion about this post