Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चुरे गाउँपालिकामा सामुदायिक विपद् व्यवस्थापन समिति गठन, विपद् जोखिम न्यूनिकरण र पूर्वतयारीमा सशक्त पहल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ७, २०८२
चुरे गाउँपालिकामा सामुदायिक विपद् व्यवस्थापन समिति गठन, विपद् जोखिम न्यूनिकरण र पूर्वतयारीमा सशक्त पहल
0
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

कैलालीः विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई थप सशक्त बनाउने उद्देश्यले कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ मा दुई वटा सामुदायिक विपद् व्यवस्थापन समिति (सीडीएमसी) गठन गरिएको छ। कोकाकोला फाउण्डेशनको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालद्वारा सञ्चालित पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान) परियोजनाअन्तर्गत वडा कार्यालयको समन्वयमा चुरे गाउँपालिकामा पहिलो पटक सीडीएमसीहरू गठन गरिएको हो।

एनएनएसडब्ल्यूए सान परियोजनाका कार्यक्रम सहायक अधिकृत हरि लोहारले भोजराज क्षेडालको संयोजकत्वमा ९ सदस्यीय श्री कालिका सामुदायिक विपद् व्यवस्थापन समिति र चक्र बहादुर खत्रीको संयोजकत्वमा ११ सदस्यीय श्री लेकवेसी सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरिएको बताउनुभयो। उहाँले दुवै समितिलाई वडा कार्यालयमा सूचीकृत गरिएको जानकारी दिनुभयो। उहाँले चुरे गाउँपालिकाका अन्य वडाहरूमा पनि आवश्यकता अनुसार समिति गठन गरिने बताउनुभयो।

त्यस्तै, सूचना व्यवस्थापन अधिकृत संगिता पालले संस्थाले यसअघि चुरे गाउँपालिकामा विभिन्न चरणमा गरि पाँच दिने समुदाय प्रतिकार्य टोली तालिम सञ्चालन गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार, सो तालिममा सहभागी व्यक्तिहरूमध्येबाटै अहिले सीडीएमसी गठन गरिएको हो। उहाँले तालीम प्राप्त व्यक्तिहरू समिति सदस्य भएकाले उनीहरूले विपद् पूर्वतयारी र प्रतिकार्यमा प्रभावकारी ढङ्गले काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

चुरे गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष खगेन्द्र खडायतले संस्थाले आफ्नो वडामा आएर विपद्को क्षेत्रमा प्रत्यक्ष रूपमा काम गरेकोमा आभार प्रकट गर्नुभएको छ। साथै, उहाँले अब पूर्वसूचना कार्यदल, खोज तथा उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदल गठन गरी आवश्यक तालीम र सामग्रीहरू उपलब्ध गराउन आग्रह गर्नुभएको छ।

नव गठित समिति सदस्यहरूले आगामी दिनमा समुदायको सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय तहसँगको सहकार्यमा गरिएको यो पहलले समुदायमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्दै दीर्घकालीन सुरक्षा संरचना निर्माण गर्ने विश्वास गरिएको छ। यसले जोखिम न्युनिकरणदेखि उद्धारसम्मका प्रयासहरूलाई स्थानीय नेतृत्वमा अझ प्रभावकारी बनाउने छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व