Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण ६, मंगलवार १९:०७
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सुदृढीकरणका लागि सामग्री हस्तान्तरण गरिएको छ। लैङ्गिक हिंसाविरुद्धको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साँझेदारीमा सञ्चालित किशोरी समृद्धिका लागि ‘बी फोर जी’ परियोजना अन्तर्गत आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरूले महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टलाई सामग्रीहरू हस्तान्तरण गर्नुभयो। हस्तान्तरण गरिएका सामग्रीमा १ थान सोफा सेट, १ थान लो बेड, १ थान स्टिल दराज, १ थान स्ट्यान्ड फ्यान, १ थान एएनसी परिक्षणका लागि प्रयोग हुने फोल्डेबल बेड र १ थान बाकस सहितको काठको बेञ्च गरि रू. ८१ हजार ७ सय बराबरको सामग्री रहेको छ।

सामग्री हस्तान्तरण गर्दै निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरुले ओसीएमसी जस्ता संकट व्यवस्थापन केन्द्रहरू सशक्त र प्रभावकारी रुपमा सञ्चालन हुनु अत्यन्त जरूरी रहेको उल्लेख गर्दै, लैङ्गिक हिंसा पीडित महिला, किशोरी र लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई समुचित संरक्षण, सेवा र पुनर्स्थापनाका लागि यस्ता केन्द्रहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले परियोजनाको मूल उद्देश्य पनि किशोरी र महिलामाथिको हिंसालाई न्यून गर्दै सुरक्षित, उत्तरदायी वातावरण निर्माण गर्नु भएकाले, यो सामग्री सहयोगले केन्द्रको सेवा क्षमता अभिवृद्धिमा सहयोग पुर्यातउने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले नेपाल राष्ट्रिय समाज कल्याण संघ र वर्ल्ड भिजनले गरेका यस्ता सहयोगले अस्पताललाई थप उत्साह र ऊर्जा प्रदान गरेको बताउनुभयो। उहाँले ओसीएमसीको सेवा विस्तार र गुणस्तर सुधारमा यस्ता साझेदारीहरूले दीर्घकालीन योगदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।

सामग्री हस्तान्तरण कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन भावना शर्मा, नर्सिङ्ग निरीक्षक सुनिता थापा, नेपाल राष्ट्रिय समाज कल्याण संघका परियोजना संयोजक देबराज बडु, ‘बी फोर जी’ परियोजनाकी संयोजक सारिका लगायतक उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन
देश/राष्ट्रिय

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८२ श्रावण ६, मंगलवार १९:०७
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न
देश/राष्ट्रिय

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ श्रावण ६, मंगलवार १९:०७
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!
देश/राष्ट्रिय

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ श्रावण ६, मंगलवार १९:०७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८२ श्रावण ६, मंगलवार १९:०७
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८२ श्रावण ६, मंगलवार १९:०७
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ श्रावण ६, मंगलवार १९:०७
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ श्रावण ६, मंगलवार १९:०७
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ श्रावण ६, मंगलवार १९:०७
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८२ श्रावण ६, मंगलवार १९:०७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व