Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३औं स्मृति दिवस, मुलुकभर विविध कार्यक्रम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण ६, मंगलवार ०८:३१
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३औं स्मृति दिवस, मुलुकभर विविध कार्यक्रम
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइराला को ४३औं स्मृति दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाइँदैछ। वि.सं. २०३९ साल साउन ६ गते निधन भएका कोइरालाको योगदानलाई स्मरण गर्दै नेपाली कांग्रेस, उसका भ्रातृ संगठनहरू र बीपी संग्रहालय समितिद्वारा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।

प्रजातन्त्र, समाजवाद र राष्ट्रियताको पक्षमा संघर्ष गरेका बीपी कोइराला वि.सं. २०१५ सालको आमनिर्वाचनपछि वि.सं. २०१६ जेठमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनको नेतृत्वमा रहेको सरकारले बिर्ता उन्मूलन, भूमिसुधार, तथा जग्गा जोत्नेको होस् भन्ने नीति अगाडि सारेको थियो।

तर, वि.सं. २०१७ पुस १ गते शाही सेनाको समर्थनमा कोइरालाको निर्वाचित सरकार अपदस्त गरियो र उनलाई अन्य नेतासहित सुन्दरीजल बन्दीगृहमा थुनियो। वि.सं. २०२५ मा स्वास्थ्य कारण जेलमुक्त भएपछि उनले भारतमा आठ वर्ष निर्वासित जीवन बिताए। निर्वासनको अन्त्य गर्दै वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर उनी नेपाल फर्किएका थिए।

साहित्यिक योगदानमा पनि विशिष्ट स्थान

बीपी कोइराला केवल राजनीतिज्ञ मात्र नभई साहित्यकारका रूपमा पनि अत्यन्त सम्मानित थिए। मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने कोइरालाका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘नरेन्द्र दाइ’ जस्ता कालजयी उपन्यासहरू प्रकाशित छन्। उनका कथासङ्ग्रह ‘श्वेत भैरवी’, ‘दोषी चश्मा’ र आत्मवृत्तान्त ‘जेल जर्नल’ तथा ‘फेरि सुन्दरीजल’ जस्ता कृतिहरू नेपाली वाङ्मयको महत्वपूर्ण दस्तावेज मानिन्छन्।

बीपी संग्रहालयमा संरक्षित योगदान

पूर्व प्रधानमन्त्री, सभामुख, मन्त्रीहरूसहित थुनिएको सुन्दरीजल बन्दीगृहलाई वि.सं. २०६१ मा बीपी संग्रहालय बनाइएको हो। संग्रहालयमा बीपीका व्यक्तिगत सामग्री, २००७ सालको क्रान्तिमा प्रयोग भएको ट्याङ्कर, तथा २०२९ सालमा अपहरण गरिएको वायुसेवा निगमको विमान जस्ता ऐतिहासिक वस्तुहरू राखिएका छन्। २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको संग्रहालय पुनःनिर्माणपछि पुनः सञ्चालनमा ल्याइएको छ।

पुरस्कार वितरण कार्यक्रम पनि

बीपी स्मृति दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रमबारे जानकारी दिंदै पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बीपीको स्मृति संरक्षण र योगदानको सम्मानस्वरूप विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिने बताए।

बीपी कोइरालाको राजनीतिक दूरदृष्टि, समर्पण र साहित्यिक योगदान आज पनि नेपालका लागि प्रेरणास्रोतका रूपमा रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। उनका विचारहरू— विशेषगरी मेलमिलापको नीति— आजको राजनीतिक परिवेशमा अझ सान्दर्भिक देखिन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए एक हप्ताभित्र आन्दोलन गर्ने : दुर्गा प्रसाईंको चेतावनी
देश/राष्ट्रिय

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए एक हप्ताभित्र आन्दोलन गर्ने : दुर्गा प्रसाईंको चेतावनी

२०८२ श्रावण ६, मंगलवार ०८:३१
“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”
देश/राष्ट्रिय

तस्करी नियन्त्रण गर्नका लागी गृहमन्त्री र सांसदबीच छलफल

२०८२ श्रावण ६, मंगलवार ०८:३१
लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित
देश/राष्ट्रिय

लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित

२०८२ श्रावण ६, मंगलवार ०८:३१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८२ श्रावण ६, मंगलवार ०८:३१
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज एक हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८२ श्रावण ६, मंगलवार ०८:३१
सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

२०८२ श्रावण ६, मंगलवार ०८:३१
पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

२०८२ श्रावण ६, मंगलवार ०८:३१
रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय

रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय

२०८२ श्रावण ६, मंगलवार ०८:३१
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८२ श्रावण ६, मंगलवार ०८:३१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व