Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राप्रपाको विवाद बढ्ने संकेत, गिरीलाई हटाएको निर्णय फिर्ता लिन लिङदेनलाई आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण ४, आईतवार ०७:४७
राप्रपाको विवाद बढ्ने संकेत, गिरीलाई हटाएको निर्णय फिर्ता लिन लिङदेनलाई आग्रह
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राप्रपाको विवाद बढ्ने संकेत देखिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले एक पछि अर्को गर्दै नेताहरुलाई पदमुक्त गर्न शुरु गरेपछि राप्रपाको विवाद बढेको हो ।

अध्यक्ष लिङदेनले महामन्त्री डा. धवलशमशेर राणालाई संगठन विभागको प्रमुखबाट हटाएर शुरु गरिएको अभियान नवराज सुवेदीलाई अनुशासन आयोगको अध्यक्षबाट, सगुन लावतीलाई प्रवक्ताबाट तथा मुकुन्द श्याम गिरीलाई उपाध्यक्षबाट हटाएका छन् ।

लिङदेनले आफ्नो विरोध गर्नेहरुलाई धमाधम हटाइरहेको आरोप लगाइएको छ ।

यसैबीच उपाध्यक्षबाट हटाइएका मुकुन्द श्याम गिरी आजै निर्वाचन आयोग पुगेर आफ्नो निवेदन दिने बताएका छन् । यस अघि सुवेदीले पनि आयोगमा पुगेर आफुलाई विधान विपरित हटाइएको भन्दै निवेदन दिएका छन् ।

त्यस्तै राप्रपाको कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सामुहिक अपिल गर्दै गिरीलाई पार्टीको उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनीहरुले गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामुहिक वक्तव्यलाई आधार बनाएर विना कुनै सूचना र स्पष्टीकरण उनलाई विधान विपरीत पदमुक्त गरिएको बताएका छन् ।

साथै उनीहरुले यस निर्णयप्रति असहमति व्यक्त गर्दै पार्टीको वृहत्तर हित र पार्टी एकतालाई ध्यानमा राखेर उनलाई विधान विपरीत गरिएको कारवाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना गर्न अध्यक्ष लिङदेनलाई अपिल गरेका छन् ।

अपिल गर्नेमा महामन्त्री कुन्ति कुमारी शाही, कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही, केन्द्रीय सदस्यहरु सत्यबहादुर शाही, कालिबहादुर शाही, सुनिता शाह, सौरेन्द्र बहादुर शाह, यज्ञ बहादुर सिंह, जनक सिंह ठकुरी, भिम बहादुर शाही, अनुपम सिं श्रेष्ठ, दिपक मल्ल, दिपक खनाल, बबिता शाही रहेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेकपा एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने
राजनीति

एमाले महाधिवेशनमा प्रतिनिधि सात आधारमा छनोट हुने

२०८२ श्रावण ४, आईतवार ०७:४७
महाधिवेशनबारे सहमति नभए विशेष महाधिवेशनमा जानु उपयुक्त हुन्छ:  कोइराला
राजनीति

महाधिवेशनबारे सहमति नभए विशेष महाधिवेशनमा जानु उपयुक्त हुन्छ: कोइराला

२०८२ श्रावण ४, आईतवार ०७:४७
प्रचण्डसँग जनार्दन शर्मा र घनश्याम भूसालको छुट्टाछुट्टै भेट
राजनीति

प्रचण्डसँग जनार्दन शर्मा र घनश्याम भूसालको छुट्टाछुट्टै भेट

२०८२ श्रावण ४, आईतवार ०७:४७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८२ श्रावण ४, आईतवार ०७:४७
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८२ श्रावण ४, आईतवार ०७:४७
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८२ श्रावण ४, आईतवार ०७:४७
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८२ श्रावण ४, आईतवार ०७:४७
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८२ श्रावण ४, आईतवार ०७:४७
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८२ श्रावण ४, आईतवार ०७:४७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व