Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा नदी तथा वर्षा मापन अवलोकनकर्ताहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३, २०८२
कञ्चनपुरमा नदी तथा वर्षा मापन अवलोकनकर्ताहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा समुदायमा आधारित नदी तथा वर्षा मापन अवलोकनकर्ताहरूका लागि एक दिने पुनर्ताजगी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय (सीआरसी) कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रम जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरिया र दोधारा चाँदनी नगरपालिका, शुक्लाफाँटा नगरपालिका तथा कृष्णपुर नगरपालिकासँगको समन्वयमा चेतन होटल, कञ्चनपुरमा सम्पन्न गरिएको हो।

यो अभिमुखिकरण कार्यक्रमको उद्देश्य समुदाय स्तरमा नदी तथा वर्षा मापनको विश्वसनीयता र प्रभावकारिता बढाउनु तथा विपद् पूर्वानुमान र पूर्वतयारी प्रक्रियालाई अझ प्रभावकारी बनाउनु रहेको थियो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यक्रम संयोजक महेश घिमिरेले नदी तथा वर्षा मापनमा संलग्न अवलोकनकर्ताहरूको दक्षता अभिवृद्धि तथा पूर्वसूचना प्रणालीलाई थप सवल बनाउन अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले गेज रिडरहरूलाई जिम्मेवारी निर्वाह गर्न सहज होस् भन्ने उद्देश्यले अभिमुखिकरणसँगै रिचार्ज सुविधा, व्यक्तिगत सुरक्षा सामग्री र बीमा व्यवस्थापन पनि गरिएको बताउनुभयो।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जीनियर सञ्जय कुमार साहले अभिमुखिकरण कार्यक्रममा माथिल्लो तटीय क्षेत्रमा वर्षा हुँदा तल्लो तटीय क्षेत्रलाई कसरी सुरक्षित राख्न सकिन्छ र कसरी समयमै सूचना प्रवाह गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई जानकारी गराइएको बताउनुभयो। उहाँले यस्तो सूचना प्रवाहबाट तल्लो तटीय क्षेत्रका समुदायले आवश्यक लिड टाईम प्राप्त गरी प्रभावकारी पूर्वतयारी गर्न सक्ने र त्यसले जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने स्पष्ट पार्नुभयो।

शुक्लाफाँटा नगरपालिका–१२ का गेज रिडर मंगल प्रसाद चौधरीले एक दिने पुनर्ताजगी अभिमुखिकरण कार्यक्रमबाट वर्षाको मौसममा स्थानीय तह र तल्लो तटीय क्षेत्रका गेज रिडरहरूसँग सहकार्य गरी कञ्चनपुरको विपद् जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण सिकाई प्राप्त भएको बताउनुभयो। उहाँले रिचार्ज सुविधा, व्यक्तिगत सुरक्षा सामग्री र बीमा व्यवस्थापन समेत गरिएको हुँदा थप ऊर्जा र उत्साह प्राप्त भएको उल्लेख गर्नुभयो।

यस अभिमुखिकरण कार्यक्रमले नदी तथा वर्षा मापन अवलोकनकर्ताहरूको सीप अभिवृद्धि गर्दै विपद् पूर्वतयारीमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व