Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन बन्द भयो उत्तर कोरियाको प्रसिद्ध वोनसन-काल्मा बिच रिसोर्ट ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३, २०८२
किन बन्द भयो उत्तर कोरियाको प्रसिद्ध वोनसन-काल्मा बिच रिसोर्ट ?
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । उत्तर कोरियाले आफ्नो प्रसिद्ध वोनसन-काल्मा बीच रिसोर्ट अचानक विदेशी पर्यटकहरूको लागि बन्द गरेको छ ।

उत्तर कोरियाली सरकारले यस रिसोर्ट मार्फत विदेशी पर्यटकहरूलाई लोभ्याएर आफ्नो विदेशी मुद्रा भण्डार बढाउन चाहेको थियो । यो रिसोर्ट उत्तर कोरियाली शासक किम जोङ उनको सपनाको परियोजना मानिन्थ्यो । अब यसको अचानक बन्दले धेरै प्रश्नहरू खडा गरेको छ ।

वोनसन-काल्मा बीच रिसोर्ट उत्तर कोरियाको पूर्वी तटमा अवस्थित एक अद्भुत पर्यटकीय स्थल हो । यो २०१० मा निर्माण गर्न सुरु गरिएको थियो र यसलाई उत्तर कोरियाको ‘हवाई’ भनिन्थ्यो । यो जुलाई १ मा स्थानीय पर्यटकहरूको लागि खोलिएको थियो ।

रिसोर्टमा विलासी होटल, समुद्र तट, पानी पार्क र किनमेल केन्द्रहरू जस्ता सुविधाहरू छन् । यस रिसोर्टमा एक पटकमा लगभग २० हजार मानिसहरू बस्न सक्छन् । यद्यपि, अब यसको चमक फिक्का हुँदै गएको देखिन्छ ।

उत्तर कोरियाको आधिकारिक पर्यटन वेबसाइट डीपीआर कोरिया टुरले कुनै ठोस कारण नदिई रिसोर्ट अस्थायी रूपमा बन्द भएको बताएको छ । तर केही रिपोर्टहरूले एक रूसी पत्रकारको रिपोर्टका कारण बन्द गरिएको दाबि गरिएको छ ।

यी पत्रकार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग रिसोर्टमा गएका थिए र उनले त्यहाँ उपस्थित ‘पर्यटकहरू’ वास्तविक पर्यटक नभएर सरकारले पठाएको बताएका थिए । यो खुलासा पछि, उत्तर कोरियाको विश्वसनीयतामा क्षति पुगेको ठानिएको छ ।

रिसोर्ट चलाउन धेरै खर्च लागिरहेको र विदेशी पर्यटकहरू नआएमा रुबल, युआन वा डलर जस्ता विदेशी मुद्रा उपलब्ध नहुने हुनाले रिसोर्ट चलाउन गाह्रो बनाउन सक्ने रिपोर्टमा उल्लेख छ ।

यस बाहेक, अन्य रिपोर्टमा रिसोर्टलाई पूर्ण रूपमा तयार पार्न वा अन्य कुनै आन्तरिक कारणले बन्द गरिएको हुन सक्ने बताइएको छ ।

उत्तर कोरियाले विदेशी पर्यटकहरूलाई रिसोर्ट भ्रमण गर्न अनुमति दिँदा नकारात्मक परिणामहरू हुने डरले यो निर्णय लिएको समेत दाबी गरिएको छ । यो प्रतिबन्धले रूसी पर्यटकहरूमा धेरै प्रभाव पार्नेछैन, तर यात्राको दूरी र लागतका कारण, यहाँ रूसी पर्यटकहरूलाई आकर्षित गर्न गाह्रो रहेको बताइन्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस
फ्ल्यास हेडिङ

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द
फ्ल्यास हेडिङ

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता
फ्ल्यास हेडिङ

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

अशोज ७, २०८३
महिला कबड्डीमा आज नेपाल र चाइनिज ताइपेइ खेल्दै,

महिला कबड्डीमा आज नेपाल र चाइनिज ताइपेइ खेल्दै,

अशोज ७, २०८३
‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

अशोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३
१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

अशोज ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व