Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्याको पुनरागमनले तरंगित एमाले !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३, २०८२
विद्याको पुनरागमनले तरंगित एमाले !
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने घोषणाले नेकपा एमालेमा भाडभैलो हुने संकेत देखिएको छ ।

विहिबार बसेको एमालेको सचिवालय बैठक र शुक्रबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारी राजनीतिमा सक्रिय हुन नहुने अभिव्यक्ति स्पष्ट रुपमा दिएपछि अब दुवै आमने सामने हुने निश्चित भएको हो ।

शुक्रबारको पोलिटब्युरो बैठकमा प्रधानमन्त्रीसमेत एमाले अध्यक्ष ओलीले राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउने विषय गम्भीर रहेको बताए । उनले देशको गरिमामय पदमा पुगिसकेको व्यक्ति, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा आउनु गम्भीर रहेको बताउदै भण्डारीको विषयमा पार्टीले उचित समयमा निर्णय लिने जानकारी गराएका थिए ।

उनले बैठकमा भनेका थिए- ‘राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको व्यक्ति, देशको सर्वोच्च पदमा पुगेको व्यक्ति, गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीकको रूपमा रहेको व्यक्ति आएर राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो । यसमा पार्टीले उचित समयमा निष्कर्ष निकाल्छ। निर्णय लिन्छ ।’

अर्कोतर्फ गत असार १४ गते एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले भने ओलीलाई चुनौती दिने स्पष्ट मनशाय बनाएको त्यसयता उनले दिएका अभिव्यक्तिबाट सजिलै अनुमान गर्न सकिन्छ । उनले त एक कदम अगाडी बढेर ओलीले अब अध्यक्ष बन्न नहुने र आफुलाई समर्थन गर्नुपर्ने स्पष्ट रुपमा भनिसकेकी छन् । भण्डारीले विधान महाधिवेशनमा सहभागितादेखि पार्टीले गर्नुपर्ने निर्णयका बारेमा समेत आफ्नो धारणा राख्न थालेपछि अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरु अब भने भण्डारीलाई रोक्न लाग्ने संकेत समेत गरेका छन् ।

यसको संकेत गर्दै अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरणको विषय समेत पार्टी बैठकमा उठाएका छन् । यसअघि भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण गरिसकेको बताए पनि ओलीले भण्डारीको सदस्यता नवीकरण के गर्ने भन्ने पार्टीले निर्णय गर्ने बताएर अझै सदस्यता नवीकरण नभएको सन्देश दिएका छन् ।

ओलीले पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तर्वार्तामा पनि भण्डारीलाई अब एमालेमा स्थान नदिने स्पष्ट संकेत गरेका थिए । उनले राजनीतिमा पुन: सक्रिय हुने विषयमा भण्डारीले आफुसँग छलफल नगरेको बताउदै यसले संवैधानिक प्रक्रिया र प्रणालीगत हिसाबले के हुन्छ भन्ने हेर्नुपर्ने बताएका थिए । उनले भनेका थिए- ‘निर्णय त गर्नै पर्छ । उहाँले प्रश्न उठाई सकेपछि र म आउँछु भनेपछि, उहाँले आउन हुन्छ हुँदैन, मोरल्ली हुन्छ हुँदैन । गणतन्त्रमा के असर पर्छ, समाजमा के असर पर्छ, राजनीतिमा के असर पर्छ, व्यवस्थामा के असर पर्छ, उहाँँकै जीवनमा के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै ।’

एमालेमा ओली भर्सेस विद्या हुने भएपछि नेताहरु पनि कित्ता काट हुनेक्रम शुरु भएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल खुलेर नै भण्डारीको पक्षमा देखिएका छन् । उनले विहिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीको कार्यशैलीको कडा आलोचना गर्दै प्रस्तावित नयाँ विधानको समेत प्रतिवाद गरेका थिए ।

अध्यक्ष ओलीसहितको समुह नै भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने रणनीतिमा देखिएपछि उनको राजनीतिक पुनरागमन सहज हुने भने देखिएको छैन । भदौमा हुने विधान अधिवेशनको प्रतिनिधिको व्यवस्था पुरानै राख्नुले विधान महाधिवेसनमा भण्डारीको उपस्थिति अब अर्को विशेष निर्णय नभएसम्म प्रतिनिधिको रुपमा नहुने देखिएको छ ।अर्कोतर्फ अध्यक्ष ओलीले नै सदस्य नवीकरणको विषय उठाएपछि सहजै भण्डारीको सदस्यता नवीकरण हुने विषयमा पनि आशंका उत्पन्न भएको छ ।

अहिले एकातिर भण्डारीले सार्बजनिक रुपमा आफ्ना कुरा राख्न शुरु गरेर एमाले नेतृत्वलाई आफ्नो सन्देश दिइरहेकी छन् भने अध्यक्ष ओलीसहित नेतृत्वले त्यसको प्रतिवाद गर्नुपर्ने अवस्थामा पुग्दा समग्र एमालेनै तरंगित बनेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु
राजनीति

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

सुनको भाउ लगातार घट्दै

असार १०, २०८३
अनलाइन टिभी पत्रकार सङ्घ सुदूरपश्चिमका महासचिव साउद सम्मानित

अनलाइन टिभी पत्रकार सङ्घ सुदूरपश्चिमका महासचिव साउद सम्मानित

असार १०, २०८३
११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

असार १०, २०८३
नीति, नियत र नियती !

नीति, नियत र नियती !

असार १०, २०८३
सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

असार १०, २०८३
रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व