Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को टिजर सार्बजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार ३१, मंगलवार २०:४२
फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को टिजर सार्बजनिक
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फिल्म‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ ।

विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ । कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौंमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा उल्लेख छ ।

सामान्य जानकारी समेत नलिई तय गरिएको गन्तव्यमा पुग्न कति कठिन छ भन्ने तथ्य टिजरले उजागर गरेको छ । परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्र कसरी आफैँ घनघोर दुःखको दुष्चक्रमा फसेको छ टिजरमा उल्लेख छ । यही मेसोमा बस्ने प्रेम र त्यसको सुख टिजरमा देख्न सकिन्छ । टिजरमा चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई देख्न सकिन्छ ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन् । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । बलियो लाइनअप देखिएको चलचित्रमा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँग रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको चलचित्रमा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । चलचित्रमा शाहिल खानको टिजर-ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ । अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो । विजयले सोमवार ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र अवार्ड समेत पाएका छन् ।

विसं. २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् । यसैगरी आफनै टिमको हिस्सा बनेका मुख्य कलाकार र सम्पादकले सोमबार राष्ट्रपति निवास महाराजगञ्जमा आयोजित समारोहमा उत्कृष्ट अभिनेता र उत्कृष्ट सम्पादनको राष्ट्रिय चलचित्र अवार्ड पाएपछि ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिमले हिजै विजय बराल र भरत रेग्मीलाई सम्मान पनि गरेको छ ।

टिजरको लिंक: https://youtu.be/kzawoRpag7k

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न
देश/राष्ट्रिय

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ असार ३१, मंगलवार २०:४२
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!
देश/राष्ट्रिय

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ असार ३१, मंगलवार २०:४२
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल
देश/राष्ट्रिय

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ असार ३१, मंगलवार २०:४२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८२ असार ३१, मंगलवार २०:४२
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ असार ३१, मंगलवार २०:४२
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ असार ३१, मंगलवार २०:४२
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ असार ३१, मंगलवार २०:४२
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८२ असार ३१, मंगलवार २०:४२
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८२ असार ३१, मंगलवार २०:४२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व