Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार ३१, मंगलवार १९:२७
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । यस अघि सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताको घुस लिएको अडियो बाहिरिएपछि आजै राजीनामा दिएका थिए ।

२- गृह मन्त्रालयले चार सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मंगलबार गृह प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ । त्यस्तै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालालाई गृह मन्त्रालयमा तानिएको छ । कोइराला केहि साता अघि मात्र अध्यागमन प्रमुखको रुपमा आएका थिए । त्यस्तै खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख बनाइएको छ । त्यसैगरी गृह मन्त्रालयले कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

३- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रीय कमिटीको निर्णय अनुसार एमालेमा आफ्नो भूमिका स्पष्ट हुने बताएकी छन् । मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेसनको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले महाधिवेशन नहुन्जेल केन्द्रीय कमिटीनै पार्टीको सर्वोच्च निकाय भएकाले केन्द्रीय कमिटीले नै आफ्नो भूमिका स्पष्ट गर्ने बताइन ।

४- राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजीनामा दिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पक्राउ गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले देश भ्रष्टाचारीको देश भनेर चिनिएको बताउदै गुप्तालाई पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् । शाहीले राजीनामा मात्र गरेर घुसको अडियो प्रकरण सकिन्छ भन्दै अख्तियार लगायतका संस्थाले के गरिरहेका छन् भन्ने प्रश्न गरेका छन् । उनले भनेका छन्- खुलम खुला, अडियो टेप प्रकरणमा मन्त्री क्वाटरफाइनलमा पैसा दिएको , मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ । हामीले अख्तियार बनाएका छौं । अख्तियारले के हेरेर बसेको छ ? के मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छ ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस् ।’

५- घुस खाएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्तामाथि गत वर्षको पुसमै कास्कीस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गरिदिने भन्दै ५३ लाख घुस लिएको प्रमाणसहितको उजुरी अख्तियारमा परेको छ । त्यस्तै उनले भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ डिल गरेको अडियो समेत सार्बजनिक भएपछि मन्त्री गुप्ताको पद संकटमा परेको थियो ।

६- प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरुसँग गए राति प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलका प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । यही असार २४ गतेको गोसाइकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थलगत भ्रमण गरी वैकल्पिक मार्ग र नाका पूर्ण सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए ।

७- पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा डा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२-०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो । यस्तै उपकुलपति प्रा डा बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

८- सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।

९- अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले शपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो । नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वत: निलम्बन भएका थिए ।

१०- नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य स्थिर रहेको छ र तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको एक लाख ९३ हजार ३०० मा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले घटेर तोलाको २२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

११- नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३४.४६ अंकले बढेर २७६०. १७ विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

१२- अमेरिकाको लुइजियाना राज्यस्थित लुइजियाना टेक विश्वविद्यालयमा अध्ययरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको लुइजियानाका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । स्थानीय समय अनुसार शनिबार राति कार सडकबाट तल खस्दै रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको प्रहरीले जनाएको छ ।

१३- सामाजिक सञ्जालमा आफूमाथि हुने अभद्र टिप्पणी र गालीगलौजविरुद्ध चलिरहेको अभियानमा गायक रामकृष्ण ढकाल पनि जोडिएका छन् । यस अघि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले शुरु गरेको यस अभियानमा अन्य कलाकार पनि जोड्नेक्रम जारी रहेको छ । ढकालले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभद्र टिप्पणी गर्नेहरुको प्रोफाइल सार्बजनिक गरेका छन् ।

१४- फिल्म‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका देखाइएको छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ । कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौंमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा देखाइएको छ ।

१५- भारतीय सुपरहिट धारावाहिकका निर्माता तथा निर्देशक ८० वर्षीय अभिनेता धीरज कुमारको निधन भएको छ । उनले मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा अन्तिम सास फेरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । धीरज कुमारलाई निमोनियाका कारण शनिबार अस्पतालमा भर्ना गरिएको थियो र उनलाई गम्भीर अवस्थामा भेन्टिलेटरमा राखिएको थियो । धीरज कुमारले १९६० को दशकमा एक प्रसिद्ध पत्रिकाद्वारा आयोजित प्रतिभा खोज प्रतियोगितामा भाग लिएपछि अभिनयको दुनियाँमा प्रवेश गरेका थिए ।

१६- लुका मोड्रीच इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका छन् । एसी मिलानले एक बर्षका लागि मोड्रीचसँग अनुबन्धन गरेको छ । मोड्रीच एसी मिलानमा २०२६ को जुन ३० सम्म रहने छन् भने अर्को एक बर्षको नवीकरणको विकल्पसहितको सम्झौता गरेका छन् ।

१७- चार अन्तरिक्ष यात्री १८ दिन अन्तरिक्ष स्टेशनमा बसेर पृथ्वीमा फर्किएका छन् । लगभग २३ घण्टाको यात्रा पछि, ड्र्यागन अन्तरिक्ष यान आज क्यालिफोर्नियाको तटमा अवतरण गरेको छ । यसलाई स्प्लासडाउन भनिन्छ । चारै अन्तरिक्ष यात्रीहरू एक दिन अघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीको लागि प्रस्थान गरेका थिए । सबै अन्तरिक्ष यात्रीहरू जुन २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेका थिए। तिनीहरू जुन २५ मा एक्सियम मिसन ४ अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रस्थान गरेका थिए । तिनीहरूले स्पेसएक्सको फाल्कन-९ रकेटमा जोडिएको ड्र्यागन क्याप्सुलमा केनेडी स्पेस सेन्टरबाट उडान भरेका थिए ।

१८- भारतका विदेशमन्त्री एस. जयशंकरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यस भेटघाटको बारेमा जानकारी दिएका छन् । जयशंकरले भनेका छन्- ‘मैले सी जिनपिङलाई हामी (भारत र चीन) बीचको द्विपक्षीय सम्बन्धको हालैको विकासको बारेमा जानकारी गराएको छु । यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौं ।’ विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनमा रहेका छन् ।

१९- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उपप्रधानमन्त्री तथा आर्थिक विकास मन्त्री युलिया स्वीरिडेन्कोलाई देशको नयाँ प्रधानमन्त्री बनाउन सिफारिस गरेका छन् । जेलेन्स्कीले युलियालाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको जानकारी दिएका छन् । उनले २०२० देखि पदमा रहेका डेनिस श्मिहालको ठाउँमा युलिया स्वीरिडेन्कोलाई नयाँ प्रधानमन्त्रीको रूपमा मनोनित गर्ने बताएका छन् ।

२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्धमा रूसको व्यवहारबाट आफू अत्यन्तै निराश भएको बताएका छन् । डोनाल्ड ट्रम्पले रुसले ५० दिन भित्र कुनै सम्झौता नगरेमा रूसमा भारी कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले यसलाई दोस्रो कर भनेका छन् र यो १०० प्रतिशतसम्म हुन सक्ने बताएका छन् । ट्रम्पले युक्रेन र रूस बीचको युद्ध अन्त्य होस् भन्ने चाहेको बताउदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई निराश बनाएको बताएका छन् । एजेन्सी

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा
देश/राष्ट्रिय

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ असार ३१, मंगलवार १९:२७
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
देश/राष्ट्रिय

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ असार ३१, मंगलवार १९:२७
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा
देश/राष्ट्रिय

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ असार ३१, मंगलवार १९:२७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८२ असार ३१, मंगलवार १९:२७
मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

२०८२ असार ३१, मंगलवार १९:२७
शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

२०८२ असार ३१, मंगलवार १९:२७
स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ असार ३१, मंगलवार १९:२७
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ असार ३१, मंगलवार १९:२७
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ असार ३१, मंगलवार १९:२७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व