कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगर प्रमुख जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुखको योजना तथा कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिनुभएको छ ।
वर्षेनी दोधारा चाँदनी नगरपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै आएको उहाँले बताउनुभएको छ् । नगर प्रमुख जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रममा दोधारा चाँदनी नगर क्षेत्रका एक सय जेष्ठ नागरिकलाई सम्मान सहित उनिहरुलाई ब्लेङकेट, छाता र टोली प्रदान गरिएका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले बताउनुभएको छ ।
दोधारा चाँदनी नगरपालिकाको सबै वडामा बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई समेट्ने प्रकारले सम्मान गरिएको उहाँले बताउनुभयो । सम्मान कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका प्रमुख किशोर कुमार लिम्बुले समाज विकासको आधार स्तम्भबाट सुरु गरेर संरचनामा परिमार्जन र परिवर्तन गर्दै विद्यमान अवस्था सम्म ल्याई पुर्याउने निधीका रुपमा ज्येष्ठ नागरिक रहेको बताउनुभएको छ ।
समाजका अग्रज, मार्गदर्शक तथा पथ प्रदर्शक ज्येष्ठ नागरिकमा अनुभव र परिपक्वता रहेको हुदा उनिहरुको सम्मान तथा सहयोग गर्ने कार्य स्थानिय सरकारको दायित्व रहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । लामो समय सम्म देखेका र भोगेका अनुभवले युवा पुस्तालाई सही मार्ग पहिल्याउनको लागी ज्येष्ठ नागरिकबाट जीवनोपयोगी शिक्षा हुने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।
अहिलेका ज्येष्ठ नागरिक भनेका हिजोका युवा शक्ति रहेको बताउदै नगरप्रमुख लम्बुले उनीहरुको योगदान र बलिदानबाट आजको पुस्ताको अस्तित्व रहेको बताउनुभयो । स्थानिय सरकारले सम्मान दिदै आएको भन्दै दोधारा चाँदनीका जेष्ठ नागरिकहरु खुशी भएका छन् ।










Discussion about this post