Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१५ दिनभित्र छाउगोठ भत्काउन आदेश, अटेरी गरे जरिवाना र सेवा कटौती

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३०, २०८२
१५ दिनभित्र छाउगोठ भत्काउन आदेश, अटेरी गरे जरिवाना र सेवा कटौती
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — कृष्णपुर नगरपालिकाले छाउपडी प्रथा अन्त्य गर्न ठोस कदम चालेको छ। नगर क्षेत्रभित्र अझै कायम रहेका छाउगोठ हटाउन नगरपालिकाले विशेष निर्देशन जारी गर्दै १५ दिनभित्र सबै वडामा रहेका छाउगोठ अनिवार्य रूपमा भत्काउन आदेश दिएको हो।

नगरपालिका अन्तर्गतका केही वडामा अझै छाउपडी प्रथा कायम रहेकाले त्यस्ता गोठ निरीक्षण गरी हटाउन वडा कार्यालयमार्फत अभियान थालिएको हो। छाउगोठ नहटाउने व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना गरिने र प्रचलित कानुनअनुसार कानुनी कारवाहीसमेत गरिने नगरपालिकाले चेतावनी दिएको छ। यसअघि वडा नं १ निगालीमा छाउगोठमा बसेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिका झनै सक्रिय भएको हो। नगरप्रमुख हेमराज ओझाले छाउपडी प्रथालाई सामाजिक कलङ्कको रूपमा व्याख्या गर्दै यसलाई अन्त्य गर्न कठोर निर्णय लिनु आवश्यक भएको बताए।

नगरप्रमुख ओझाका अनुसार मंगलबारदेखि नै प्रत्येक वडामा नगरपालिका कार्यालयबाट पत्रसहितको निरीक्षण टोली खटाइनेछ। टोलीले घरघरमा पुगेर छाउगोठको अनुगमन गर्ने र त्यस्ता गोठ तत्काल भत्काउन लगाउनेछ। निरीक्षणका क्रममा टोलीले छाउपडी विरुद्ध सचेतना फैलाउने कार्यसमेत गर्ने बताइएको छ। यसअघि वडा नं १ कुमगडा क्षेत्रमा रहेका चारवटा छाउगोठ नगरपालिकाको पहलमा भत्काइसकिएको छ। अब बाँकी वडामा पनि छाउपडी अन्त्यका लागि यो अभियान व्यापक बनाइने नगरपालिकाले जनाएको छ। कृष्णपुर नगरपालिकाको यो पहल छाउपडी प्रथा विरुद्धको संघर्षमा सकारात्मक र प्रभावकारी कदमका रूपमा हेरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व