काठमाडौं — लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो।
कार्यपालिका बैठकअघि शुक्रबार बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ। सो बैठकपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक पनि बस्ने कार्यक्रम तय गरिएको छ। यी सबै प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ।
उक्त बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगरसभामा पेस गर्ने निर्णय गर्नेछ।
संविधानले तोकेको समयसीमाभित्र बजेट प्रस्तुत गर्न नसक्दा आलोचित बनेको महानगरमा मेयर बालेन शाह र प्रमुख कार्यकारी अधिकृतबीचको असमझदारी मुख्य कारण मानिएको छ। बैठकमार्फत गतिरोध अन्त्य गर्दै बजेट प्रक्रिया अघि बढाउने प्रयास भएको बुझिएको छ।










Discussion about this post