Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएल आयोजनामा मन्त्रीको अवरोध, नेपाली क्रिकेटको भविष्य अन्योलमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २६, २०८२
एनपीएल आयोजनामा मन्त्रीको अवरोध, नेपाली क्रिकेटको भविष्य अन्योलमा
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको तयारी तीव्र भइरहेका बेला खेलकुदमन्त्री तेजुलाल चौधरी नेतृत्वको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगितामाथि रोक लगाउने निर्देशन दिएको छ। प्रतियोगिता आयोजना नहुन सक्ने अवस्था देखिएपछि नेपाली क्रिकेटको भविष्य अन्योलमा परेको छ।

एनपीएलको पहिलो संस्करणले नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात गर्‍यो। सातै प्रदेशका प्रतिनिधित्वसहित आठ फ्रेन्चाइज टोलीबीच सम्पन्न प्रतियोगिता करिब १ सय करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। क्यानले १६ करोड ८९ लाख रुपैयाँ ‘बिडिङ’बाट उठाएको थियो भने खेलाडी पारिश्रमिकदेखि प्रसारण अधिकारसम्म नेपाली खेलमा अभूतपूर्व व्यावसायिकता देखिएको थियो।

प्रतियोगितामा नेपाली खेलाडीले इतिहासमै पहिलोपटक २० लाख रुपैयाँसम्म पारिश्रमिक पाए। अन्तर्राष्ट्रिय खेलाडीहरू शिखर धवन, मार्टिन गप्टिल, जिम्मी निशम, रवि बोपारा जस्ता नाम चलेका क्रिकेटरहरूको सहभागिताले एनपीएलको प्रतिष्ठा अझ उचो बनाएको थियो। प्रतियोगिता अन्तर्राष्ट्रिय च्यानल ‘स्टार स्पोर्ट्स’बाट समेत प्रशारण गरिएको थियो।

दोस्रो संस्करण आगामी नोभेम्बर–डिसेम्बरमा गर्ने तयारी भइरहेको बेलामा मन्त्री चौधरी नेतृत्वको राखेपले आयोजनामा अवरोध पुर्‍याउन थालेको हो। अख्तियारको उजुरीलाई आधार बनाएर राखेपले एनपीएलको तयारी स्थगित गर्न निर्देशन दिएको छ। राखेपकै लेटरहेडमा कार्यदल संयोजक रञ्जना प्रधानको हस्ताक्षरमा क्यानलाई छानबिन नसकिन्जेल कुनै कार्य नगर्न भनिएको छ।

क्यानका सचिव पारस खड्काका अनुसार राखेपले सोधेको प्रत्येक कागजात उपलब्ध गराइसकेको छ। तर, पटकपटक नयाँ कमिटी बनाउने र पुराना विघटन गर्ने कार्यले नियोजित असहयोग देखिएको उनको भनाइ छ। ‘छ महिनासम्म केही नबोली अहिले प्रतियोगिता रोक्न निर्देशन आउनु नै शंकास्पद हो,’ उनले भने।

राखेपले पछिल्लो वक्तव्यमा कार्यदलले परिषद्को लेटरहेड प्रयोग गर्न नहुने निर्देशन दिएको जनाएको छ। तर मन्त्री चौधरीले भने सो पत्रबारे अनविज्ञता जनाउँदै एनपीएल आयोजनामा राखेपको स्वीकृति आवश्यक पर्ने तर्क गरेका छन्। ‘गत वर्ष स्वीकृति नलिई आयोजना गरिएको हो, अब यस्तो हुन्न,’ मन्त्रीले भनेका छन्।

खेल विश्लेषकहरू मन्त्री चौधरीको चासो पारदर्शिता वा छानबिनभन्दा पनि क्यानले फ्रेन्चाइजसँग १० वर्षको सम्झौता गरिसकेको विषयमा भएको प्रतिक्रिया बताउँछन्। राखेपकै विगतका निर्णयका आधारमा सुरु भएको प्रतियोगितामा मन्त्रीले यसपटक आएर प्रश्न उठाउनु व्यवस्थापकीय हस्तक्षेप हो भन्ने आवाज चर्किँदै गएको छ।

एनपीएल-२ को तयारीमा रहेका फ्रेन्चाइज टिमहरू यसपटक अझ चर्चित खेलाडी ल्याउने योजनामा थिए। प्रधानमन्त्रीकै पहलमा रंगशाला पुनर्निर्माणसमेत भइरहेका बेला यस्तो रोकले नेपाली क्रिकेटको गति सुस्त हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल

साउन १४, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुन महँगियो, चाँदी सस्तो

साउन १४, २०८३
निर्वाचन आयोगलाई संघीय र प्रविधिमैत्री बनाउनुपर्ने : प्रेमप्रसाद दंगाल

निर्वाचन आयोगलाई संघीय र प्रविधिमैत्री बनाउनुपर्ने : प्रेमप्रसाद दंगाल

साउन १३, २०८३
निर्वाचन आयोगका योजना परिणाममुखी हुनुपर्छ : पद्मा अर्याल

निर्वाचन आयोगका योजना परिणाममुखी हुनुपर्छ : पद्मा अर्याल

साउन १३, २०८३
मतदान प्रतिशत बढाउने स्पष्ट कार्ययोजना ल्याउन रास्वपाको माग

मतदान प्रतिशत बढाउने स्पष्ट कार्ययोजना ल्याउन रास्वपाको माग

साउन १३, २०८३
निर्वाचन आयोगका निर्णय सर्वसम्मत र पारदर्शी हुनुपर्छ : आनन्दप्रसाद ढुंगाना

निर्वाचन आयोगका निर्णय सर्वसम्मत र पारदर्शी हुनुपर्छ : आनन्दप्रसाद ढुंगाना

साउन १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व