कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नागरिक समाज संस्थाहरूको कार्य प्रगती समिक्षा सम्पन्न भएको छ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेनसँगको साँझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत तेस्रो पक्षीय वित्तीय हस्तान्तरण कार्यक्रम अन्तर्गत कञ्चन सामुदायिक विकास केन्द्रले सम्पन्न गरेका क्रियाकलापहरूको अर्द्धवार्षिक समिक्षा कार्यक्रम आज सम्पन्न भएको हो।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, उपाध्यक्ष शान्ति नाथ, प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐर, परियोजनाका प्रबन्धक विशन देव जोशी, कार्यपालिका सदस्यहरू तथा कञ्चन सामुदायिक विकास केन्द्रका पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन कञ्चन सामुदायिक विकास केन्द्रकी व्यवस्थापक गिता राना क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो।
समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका प्रबन्धक विशन देव जोशीले नागरिक समाज संस्थाहरूको वार्षिक कार्यक्रम र कार्यान्वयन प्रक्रियाबारे स्पष्ट पार्नु भएको थियो।
कार्यक्रममा उपाध्यक्ष शान्ति नाथले शिक्षा क्षेत्रको विकासका लागि पालिकाले संस्था र परियोजनासँग सहकार्य गर्दै आगामी दिनमा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।










Discussion about this post