Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाढीले भत्काएको सुडा पुल निर्धारित समयभन्दा अगावै पुनर्निर्माण सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०८२
बाढीले भत्काएको सुडा पुल निर्धारित समयभन्दा अगावै पुनर्निर्माण सम्पन्न
0
SHARES
363
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । गत वर्षको भीषण वर्षासँगै २०८१ असार २३ गते आएको बाढीले भत्काएको कञ्चनपुरको सुडा खोला पुल निर्धारित समयभन्दा अगावै पुनर्निर्माण सम्पन्न भएको छ। जिल्लाको पूर्व-पश्चिम महेन्द्रराजमार्गअन्तर्गत बेदकोट नगरपालिका-७ मा पर्ने यो पुलको पुनर्निर्माण कार्य द्रुत गतिमा सम्पन्न भएको हो।

जिल्लाभर बाढीले भत्काएका अन्य पुल, तटबन्ध, सडक, नहरलगायतका संरचनाहरू अझै पनि पुनर्निर्माण हुन नसकिरहेका बेला सुडा पुलको समयमै निर्माण सम्पन्न हुनुलाई सकारात्मक कदमका रूपमा हेरिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले गत वर्ष मंसिरमा बक्स कल्भर्ट (पुल) निर्माणका लागि ठेक्का आह्वान गरेको थियो।

२०८१ मंसिर १३ गते महरा न्यू जोशी जेभी कम्पनीसँग २०८२ असार मसान्तभित्र १ करोड ५२ लाख रुपैयाँको लागतमा पुल निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो। १४ मिटर लम्बाइको यो पुलमा तटबन्ध, कालोपत्रे र रेलिङसहितको निर्माण कार्य कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गरेको हो। सडक डिभिजन कार्यालयका अनुसार मंसिरको दोस्रो सातादेखि सुरु भएको काम असारको दोस्रो सातामै सकिएको छ।

पुल निर्माण स्थलका इन्चार्ज तथा सडक डिभिजन कार्यालय महेन्द्रनगरका सब इन्जिनियर भोजराज रानाले पुल निर्माण कार्य कार्यालयले तोकेको मापदण्डअनुसार गुणस्तरीय र बलियो भएको बताए। उनले भने, “खोलाको उच्च पानीको वेग र परिमाण थेग्न सक्ने स्तरको पुल निर्माण गरिएको छ।” महरा न्यू जोशी जेभीका सञ्चालक भीमराज जोशीले पनि कार्यालयसँग भएको सम्झौताको मापदण्डअनुरुप नै पुल निर्माण गरिएको जानकारी दिए।

सम्झौताअगावै पुल निर्माण भएपछि स्थानीयदेखि यात्रु र मालबाहक सवारी साधनलाई ठूलो सहज भएको छ। पूर्व-पश्चिम महेन्द्रराजमार्ग निर्माण भएको वर्षौं पछि सुडामा पुल भत्किँदा स्थानीय र यात्रुलाई जोखिम मात्रै नभई, मानिसले ज्यान गुमाउने, घाइते हुने र सवारी साधनमा क्षति व्यहोर्नुपर्ने अवस्था आएको थियो।

बेदकोट नगरपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय पवन नेपालीले असारमा भत्किएको पुल अर्को असारमा पुनर्निर्माण भएपछि स्थानीयदेखि यात्रुलाई सहज भएको बताए। “भत्किएको पुल क्षेत्रका स्थानीयलाई धुलो-धुवाँले हैरान थियो, यात्रुलाई पनि जोखिम थियो, अहिले सुविधा भएको छ,” उनले भने।

कञ्चनपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरेश सिंह गुरुङले पुल भत्किएपछि सानादेखि ठूला सवारी साधन गुडाउन समस्या भए पनि अहिले सहज भएको बताए। “डाइभर्सनले पैदल यात्रु, सार्वजनिक सवारी साधनका यात्रुदेखि ठूला मालबाहक सवारी साधनलाई समस्या थियो, अहिले पुल निर्माण भएपछि सवारी साधन गुडाउन सहज भएको छ,” गुरुङले भने।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले निर्माण व्यवसायीलाई सम्बन्धित सरोकारवाला सबै पक्षबाट काम गर्ने वातावरण सिर्जना हुँदा सम्झौताअगावै काम सम्पन्न भएको बताए। भट्टले सुडा खोलाको पुल समयमै निर्माण भएपछि स्थानीयदेखि व्यावसायिक सबै क्षेत्रलाई सुविधा भएको बताए। उनले सम्झौताअगावै मापदण्डअनुसार गुणस्तरीय काम गर्ने निर्माण कम्पनीको नागरिकदेखि सरकारी र गैरसरकारी क्षेत्रबाट मूल्यांकन गरिनुपर्नेमा जोड दिए। निर्माण व्यवसायीमाथि प्रश्न उठाउने मात्रै नभई राम्रो काम गरेकोमा प्रशंसा गर्दै देश निर्माणका क्षेत्रमा कार्यरत व्यवसायीलाई प्रोत्साहन दिनुपर्ने अध्यक्ष भट्टको भनाइ छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व