कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बस्तीलाई जोगाउन जनश्रमदानबाट युवाहरूले तटबन्ध निमार्ण कार्य थालेका छन् । दोधारा चाँदनी नगरपालिका– ३ शान्तीटोल नजिक रहेको मलेरिया नालाले गत वर्ष आएको बाढीले जग्गा कटान गरी बस्ती नजिक पुगेपछि युवाहरूले पक्की तटबन्ध निमार्ण कार्यका जनश्रमदान गरेका छन् ।
दोधारा चाँदनी नगरपालिका कार्यालय र वडा कार्यालयको रकमबाट तटबन्ध निमार्ण कार्यमा प्रयोग हुने तारजाली र ढुङ्गा खरिद गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता हरिसिंह धनाडीले बताउनुभयो ।
स्थानिय युवाको जनश्रमदान सँगै सो पक्की तटबन्ध निमार्ण कार्यमा नगर प्रहरी र प्रधानमन्त्री रोजगार कार्यक्रम अनुसार कामदारहरूले सघाएको नगर प्रवक्ता हरिसिंह धनाडीले बताउनुभएको छ । शान्ति टोल नजिक मलेरिया नालामा झन्डै १ सय मिटर पक्की तटबन्ध निमार्ण कार्य अघि बढाएको उहाँले बताउनुभयो ।
स्थानीय युवाहरूको श्रमदान र नगर प्रहरी र प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारहरूले तारजालीमा ढुङ्गा भर्ने कार्य गर्दै आएको नगर प्रवक्ता हरिसिंह धनाडीले बताउनुभएको छ ।
गत वर्षको अविरल वर्षा सँग आएको मलेरिया नालाको बाढीले कटानी बस्ती नजिकै पुगेपछि जोखिम न्यूनीकरण गर्नको निम्ति तटबन्ध निमार्ण कार्य सुरु गरिएको उहाँको भनाई छ।
वर्षायाम सुरु भए सँगै मलेरिया नालाको बहाव बढ्न थालेपछि स्थानियबासीहरु चिन्तित भएका थिए । बस्ती जोगाउन तटबन्ध निमार्ण भए सँगै स्थानियबासीहरुले जनप्रतिनिधीहरुलाई धन्यवाद दिएका छन् ।










Discussion about this post